रसुवाबाट २ किलो सुनसहित एकजना पक्राउ

रसुवा – रसुवामा २ किलो सुनसहित एकजना पैदलयात्री पक्राउ परेका छन्।

टिमुरेबाट हिँडेर स्याफ्रुबेँसी आइरहेका २४ वर्षीय सुदीप शेर्पा बिस्कुटको आकार बनाइएको सुनसहित पक्राउ परेका रसुवाका प्रहरी प्रमुख डिएसपी ज्योतिराम केसीले बताएका छन् ।

स्याफ्रुबेँसीबाट गएको नियमित प्रहरी चेकिङ टोलीले सुराक आएपछि उनलाई रोकेर खानतलासी गरेको थियो । शेर्पाले सेतो रङको टिसर्टभित्र लगाएको कालो चेस्टगार्डमा सुन राखेर ल्याएका थिए।

सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-५ पोखरीका शेर्पाले सोधपुछका क्रममा उक्त सुन सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भई अहिले रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ टिमुरे बस्ने फुसाङ्वु शेर्पाले आफूलाई दिएको बताएका थिए।

प्रहरीले केही समयपछि फुसाङ्वुलाई पनि पक्राउ गरेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा