कोरोना महामारिको जोखिमका कारण अन्तिम समयमा स्थगित भएका परीक्षा सञ्चालनका बारेमा अध्ययन गर्न परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल संयोजकत्वमा गठित समितिले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई बिहीबार प्रतिवेदन बुझाएको हो ।कोरोनाको अहिलेको अवस्था हेर्दा जेठ अन्तिम सम्ममा अवस्था सामान्य हुन सक्ने आँकलन सहित समितिले, सोचे जस्तै भएमा स्वास्थ्य सचेतता अपनाउँदै असारको पहिलो साता परीक्षा गर्न सकिने निश्कर्ष निकालेको श्रोतले बताएको छ ।
स्थगित गरिएका कक्षा SEE र १२ को परीक्षा सञ्चालन हुन्छन् वा हुँदैनन् भन्ने भन्ने विषयमा अन्यौल रहेका बेला कोरोना भाईरस (कोभिड-१९) को कारणले स्थगित गरिएका कक्षा १० र १२ को परीक्षा सञ्चालनका बारेमा अध्ययन गर्न गठित समितिले अहिलेकै जस्तो अवस्था कायमै रह्यो भने असार पहिलो साता सम्म परीक्षा गर्न सकिने निश्कर्ष सहितको प्रतिवेदन सरकारलाई बुझाएको छ।
कुल १ हजार ९ सय ९५ परीक्षा केन्द्र र उपकेन्द्र हरू बनाएर विद्यार्थीलाई सहज पर्ने गरी परिक्षा गर्न सकिने प्रतिवेदनमा सिफारिस गरिएको छ त्यस्तै क्वारेण्टाईन बनाईएका विद्यालयहरुमा जोखिम न्यूनिकरण गर्न परीक्षा अघि ती विद्यालयहरुको निर्मलीकरण गर्न जरुरी रहेको पनि प्रतिवेदनमा सिफारिस गरिएको छ
विभिन्न सरोकारवालाहरु, विज्ञ तथा अभिभावकहरुसँग व्यापक छलफल गरी यो प्रतिवेदन तयार पारिएको जानकारी समितिका संयोजक पौडेलले दिनुभयो ।‘परीक्षा नगरे पनि हुन्छ भन्ने खालका कुराहरु विभिन्न मिडियामा आएको देख्दै पढ्दै त छौं, तर हामीले गरेको विभिन्न सरोकारवालाहरु, विज्ञ तथा अभिभावकहरुसँग व्यापक छलफल गरी यो प्रतिवेदन तयार पारिएको जानकारी समितिका संयोजक पौडेलले दिनुभयो । छलफलमा सहभागी सबै क्षेत्रका प्रतिनिधिले परीक्षा गर्नै पर्छ भन्ने सुझाव दिएको आधारमा हामीले शिक्षा मन्त्री ज्यूलाई प्रतिवेदन बुझायौं‘ उनले भने ‘कुनै न कुनै दिन त अवस्था नर्मल भईहाल्छ अनी लिदाँ पनि हुन्छ भन्ने मत आएको छ, त्यसो हो भने बोर्ड तयारी हालतमा बस्ने र गृहकार्य गर्ने भन्ने आधारमा हामीले सुझाव दिएका छौं ।