बुटवलमा फेरि अर्को दुखद घटना:एक युवतीले आत्मा हत्या गरेर आँफ्नो देह त्यागेकी छिन।

दिनहु आत्मा हत्या गर्नेको संख्या बढ्दो छ नेपालमा। मर्नेमा प्राए युबा युवती रहेका छन्। बुटवलमा फेरि अर्को दुखद घटना घटेको छ। एक युवतीले आत्मा हत्या गरेर आँफ्नो देह त्यागेकी छिन।

बुटवल उपमहानगरपालिका- ७ दिपनगर कि २२ वर्षीय प्रियंका रानाले आज राती आफ्नै घरको कोठामा फङ्खामा चुन्नीको पासो लगाएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

उनको शव पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । उनले के कारणले आत्महत्या गरेकी हुन्न भन्ने अझै न खुलेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

लकडाउन चलिरहेको समयमा रुपन्देहीमा आत्महत्या गर्नेको संख्या बढ्दो छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार रुपन्देहीमा गत चैत अर्थात् लकडाउन सुरु भएदेखि हालसम्म ३० जना भन्दा बढीले आत्महत्या गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा