सर्वोच्चमा प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको आज संसदीय सुनुवाइ हुने

काठमाडौँ– सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ आज हुने भएको छ ।

संसदीय सुनुवाइ समितिले श्रेष्ठलाई सुनुवाइका लागि आज बिहान साढे ११ बजे समितिको कार्यालय सिंहदरबारमा बोलाएको छ ।

त्यसअघि समितिले बिहान साढे १० बजे उजुरीकर्तासँग छलफल गर्ने तयारी गरेको छ ।

उजुरीकर्ताको उजुरीमाथि छलफल गरेलगत्तै प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ गर्ने समिति सचिवालयको कार्यतालिका छ । प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध तीनवटा उजुरी परेका छन् ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश पाएपछि संवैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो ।

संसदीय सुनवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा