नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको पार्टी पदाधिकारी बैठक आज बस्दैछ ।

सभापति देउवाको निवास धुम्बाराहीमा दिउँसो १ बजे बस्ने बैठकमा आगामी पुसमा हुने महासमिति बैठक तयारीका विषयमा छलफल हुने बताइएको छ ।

आजको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारका कामको समीक्षासहितको प्रतिवेदन प्रस्तुत गर्ने बुझिएको छ ।

कांग्रेसको महासमिति बैठक पुस १६ देखि १९ गते बस्नेगरी तोकिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा