भारतीय नागरिकले नेपाल आउँदा अनिवार्यरुपमा गृहमन्त्रालयको स्वीकृति लिनुपर्ने

 वर्षौंदेखि खुला रहेको नेपाल भारत सीमा नाकामा भारतीय नागरिकलाई गृहमन्त्रालयको स्वीकृत कागजात देखाउनु पर्ने भएको छ ।

अबदेखि भारतीय नागरिकले नेपाल आउँदा अनिवार्यरुपमा गृहमन्त्रालयको स्वीकृति लिएर मात्र नेपाल प्रवेश गर्न पाउने व्यवस्था गरिएको हो । यो व्यवस्था सरकारले नेपाल–भारतसँग जोडिएका सीमानाका खुला गरेसँगै लागु गरिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार भारतीय नागरिक के प्रयोजनका लागि नेपाल आउने हो, सबै कारण खुलाएर गृहको स्वीकृतिपछि मात्रै प्रवेश पाउनेछन् ।

सरकारको निर्णयपछि कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको खलङ्गा नाका पूर्ण रूपमा सञ्चालनमा आएका छन् ।

सरकारले कोरोनाभाइरसको जोखिम नियन्त्रणका लागि भन्दै गत चैत ११ गतेदेखि नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय गरेको थियो । सरकारी निर्णयमा नाका बन्द भए पनि आवतजावत भने हुँदै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा