राष्ट्रिय प्रतिरक्षा नीति–२०७७ स्वीकृत

रकारले राष्ट्रिय प्रतिरक्षा नीति–२०७७ स्वीकृत गरेको छ । मुलुकको प्रतिरक्षा योजना तथा रणनीति सम्बन्धमा निर्माण गरिएको सो नीति स्वीकृत गरिएको हो ।

रक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव कृष्णप्रसाद ज्ञवालीले नेपालको प्रतिरक्षा प्रणाली सबल र सुदृढ बनाउन पहिलो पटकप्रतिरक्षा नीति–२०७७ स्वीकृत भएको जानकारी दिनुभयो । 

राष्ट्रिय सुरक्षा परिषद्, रक्षा, गृह, परराष्ट्र मन्त्रालय र नेपाली सेनालगायत सम्बद्ध निकायसँगको छलफलपछि प्रतिरक्षा नीति निर्माण गरिएको हो । मुलुकलाई बाह्य शक्तिको आक्रमणबाट सुरक्षित राख्न तथा सामना गर्न तयार पारिएको रणनीति तथा योजना र जिम्मेवारी समेटिएको प्रतिरक्षा नीतिले राष्ट्रलाई थप बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा