नेपाली कांग्रेसले केही गरेन भनेर विरोध गर्नेहरूले नै यतिबेला कांग्रेस खोज्न थालेको ;काँग्रेसका सभापति शेरबहादुर देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसले केही गरेन भनेर विरोध गर्नेहरूले नै यतिबेला कांग्रेस खोज्न थालेको बताएका छन् ।आज काठमाडौँमा कांग्रेसका दिवंगत नेता महेन्द्र नारायण निधिको ९९ औं जन्म-जयन्तीको अवसरमा राखिएको विचार गोष्ठीमा बोल्दै देउवाले यस्तो बताएका हुन् ।

उनले यतिबेला जनताले कांग्रेसको खोजी गरेको तर भोट दिने बेला भोट नदिएको टिप्पणी गरे । उनले जनताले कांग्रेसबाट केही आशा गर्नु राम्रो पक्ष भएको समेत बताए ।

‘अब यो काँग्रेसले केही पनि गर्दैन भन्या छ सबले, जनताले भोट दिएन अहिले काँग्रेस चाहिएको छ, कांग्रेसलाई खोज्न थालेका छन् मान्छेहरुले,’ सभापति देउवाले भने ।उनले भने, ‘भोट दिने बेला कांग्रेसलाई नदिने अहिले कांग्रेस नै चाहियो ?’

उनले जनताले नेकपालाई भोट हालेको र आफूहरूले मान्नुपर्ने अवस्था आएको बताए । साथै उनले संसद पुनःर्स्थापना भएकोमा खुशी व्यक्त गरे ।विचार गोष्ठीमा बोल्दै उनले तोकिएकै समयमा कांग्रेसको १४ औं महाधिवेशन हुने पनि दाबी गरे ।देउवाले नेकपाभित्र दुई समूह देखिए पनि कानूनी रुपमा एउटै पार्टी भएको बताए । साथै उनले नेकपा फुटोस् भन्ने चाहना नराखेको पनि बताए ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा