ब्राजिलमा कोभिड–१९ विरूद्धको खोप सर्वसाधारणका लागि खुला

ब्राजिलको स्वास्थ्यसम्बन्धी नियमनकारी निकायले फाइजर–बायोएनटेकद्वारा विकसित तथा उत्पादित कोभिड–१९ विरूद्धको खोप सर्वसाधारणका लागि राष्ट्रव्यापीरूपमा प्रयोग गर्न अनुमति दिएको छ ।कोभिड–१९ को महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावितमध्ये एक दक्षिण अमेरिकी यस मुलुकमा खोपका माध्यमबाट महामारी नियन्त्रणको अभियानलाई सशक्त पार्ने योजनासहित खोपको देशव्यापी प्रयोगका लागि अनुमति प्रदान गरिएको हो ।

एनभिसा नामक स्वास्थ्य निकायका निर्देशकले भने, ‘खोपको अनुगमनकारी संस्थाहरूको १७ दिनको समीक्षापछि एनफाइजरद्वारा विकसित कोभिड–१९ विरूद्धको खोप सर्वसाधारणका लागि खुला गरिएको छ । अब यो पक्के पनि आपतकालीन प्रयोगका लागि मात्र हुने छैन ।’

खोप प्रयोग गर्न अनुमति दिइएपनि उक्त खोप अहिले ब्राजिलमा उपलब्ध भने छैन । ब्राजिलले अहिलेसम्म चीनमा विकास भएका कोरोना भ्याक र बेलायती अस्ट्राजेनेकालाई भने व्यापक प्रयोगमा ल्याइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा