देशको लागि अनिष्ठ हुने काम भइरहेको प्रधानमन्त्रीको दाबी

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कारबाहीमा परेका नेता माधवकुमार नेपालप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै देशको लागि अनिष्ठ हुने काम भइरहेको बताएका छन् ।

तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले संसदीय प्रणाली र दलीय प्रणालीमा विश्वमै कतै नहुने घटना नेपालमा भईरहेको बताएका हुन् । उनले नेता नेपालप्रति इंगित गर्दै नेतृत्व नै धमिलो भएपछि कार्यकर्तामा त्यसको प्रभाव पर्नु स्वभाविक भएको टिप्पणी गरे । उनले उनीहरूले मुलुक विरुद्ध निकै ठूलो अनिष्टको काम गरिरहेको दाबी पनि गरे ।

उनले भने, “तीनले खाएको सपथ झुटो हो, तीनका सपथ बेइमानी हो । तीनका सपथभित्र स्वार्थ पूरा गर्ने कपट लुकेको हुन्छ । अहिले तीनले खाएका सपथ सम्झनुहोस् त । तीनले कहाँ कहाँ सपथ खाए होलान् तर देशको विरुद्ध बहुतै ठूलो अनिष्टको काम गरिरहेका छन् । जब नेतृत्व तहबाट त्यस प्रकारका कामहरु हुन्छन् । नेतृत्व तह अनुशासनहीन र अराजकतामा उत्रिन्छ । सम्मानीय राष्ट्रपतिज्यूकोमा गएर एकजनाले म विरोधमा आएको छु भन्नुभएछ गर्वसाथ । शरम छैन । जब नेतृत्व तह यस्तो हुन्छ ? माथिबाटै धमिलो पानी बगेपछि तल संग्लो कहाँबाट आउँछ ? माथिबाटै धमिलो पानी बग्ने, बगाउने काम भईरहेको छ । यो चिन्ताको विषय छ । ”

राजनीतिक दल र तीनका नेताहरु अनशासनहिन, अराजक, पार्टी निर्देशन विपरित फ्लोर क्रस गर्ने, पार्टी अनुशासन नमान्ने र पार्टी फोड्ने, पार्टीका विरुद्ध जाने, अर्के उम्मेदवार उठाउने जस्ता दुनियाँको कुनै इतिहासमा नभएको घटना नेपालमा भएको बताए । उनले आफ्नो सरकार ढाल्नका लागि विश्वासको मतदान नगरेर बाहिर बस्ने त कहिले अर्को सरकार बनाउन गरिएको कसरत दलीय अनुसासन, मर्यादा, प्रणाली संसदीय प्रणाली विरुद्ध भएको बताए । प्रधानमन्त्री ओलीले पछिल्लो समय नेपाली राजनीतिमा स्याडीस प्रवृत्तिको विगविगी देखिएको टिप्पणी गरे ।

प्रधानमन्त्री ओलीले राजनीतिक स्वतन्त्रतासंग सामाजिक न्याय र समानता भएपछि मात्रै वास्तवमा लोकतान्त्रिक समाज निर्माण हुने र जनताको व्यवस्था हुने बताउनुभयो । सम्मृद्धि र समानता भएको स्थानमा लोकतान्त्रिक समाज हुने भन्दै उहाँले प्रजातान्त्रिक समाज निर्माणका लागि नागरिक स्वतन्त्रता, राजनीतिक हक अधिकार, सामाजिक हक अधिकार, सम्मृद्धि र न्याय सहितको समानताको सुनिश्चितता हुनुपर्ने बताए ।

विगतमा महिला अधिकारका लागि भएका आन्दोलन तथा योगमाया, कमलादेवी सिंह, सहाना प्रधान लगायत नेतृहरुको भूमिका र बलिदानीको चर्चा गर्दै उनले ती सबैले नेपाली समाजलाई राजनीतिक र सामाजिक परिर्वतन संगै चेतना वृद्धिमा सहयोग पर्‍याएको बताए । त्यसबेलाको आन्दोलनकै असर स्वरुप अहिले महिलाको समान अधिकारको आकांक्षा प्रकट हुने अवस्थामा आएको उनले उल्लेख गरे ।

उनले महिला हिंसा न्युनीकरणका लागि महिला स्वयंम् पनि सचेत र गम्भीर हुनुपर्ने आवश्यकता औँल्याए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा