भएन माधव नेपालका १२ नेतालाई कारवाही, यसकारण अचानक रोकियो एमाले बैठक

काठमाडौ । आइतवारका लागि बस्नै लागेको एमाले स्थायी कमिटी बैठक अचानक रोकिएको छ । आइतवार साँझका लागि बैठक बोलाईको थियो । तर तयारी नपुगेको भन्दै आज साँझका लागि बोलाइएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित गरिएको छ। आइतवार बस्ने बैठकले माधव नेपाल समुहका १२ जना नेतालाई कारवाही गर्न सक्ने अनुमान गरिएको थियो ।

एमालेले पार्टी नीति विपरितका गतिविधि गरेको भन्दै माधव नेपाल पक्षका १२ नेतालाई कारवाहीका लागि स्पष्टिकरण सोधेको छ । तर नेताहरुले स्पष्टिकरण पठाएका छैनन् । नेता घनश्याम भुषाले फेसवुक मार्फत स्पष्टिकरण सार्वजनिक गरेका छन् ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बजेट समिक्षा लगायतका विषयमा छलफल गर्न बस्न लागेको सो बैठक सरेर अब सोमबार बिहान १० बजे बस्ने भएको बताए।

नेपाली काग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गर्ने १२ जना सांसदलाई स्पष्टिकरण सोधिएको हो । बैठकले उनीहरुलाई कारवाहीको निर्णय गर्न सक्ने अनुमान गरिएको थियो । यस अघि नै एमालेले माधव नेपाल, झलनाथ खनाल सहित ११ नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिसकेको छ ।

‘आजको बैठक तयारी नपुगेर स्थगित गरिएको हो। बजेटको समीक्षासहितको विषयमा आज बैठक बस्न लागेको लागेको थियो,’ तामाङले भने, ‘१२ जना एमाले सांसदलाई सोधिएको स्पष्टीकरण विषय पार्टीको आन्तरिक जीवनको कुरा हो। यो विषयमा पनि छलफल हुने थियो।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा