एसईई परीक्षा आन्तरिक मूल्यांकनबाटै गर्ने मन्त्रिपरिदको निर्णय

काठमाडौँ- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) गत वर्षझैँ  आन्तरिक मूल्याङ्कनबाट हुने भएको छ ।सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् यसपालि पनि परीक्षा आन्तरिक मूल्याङ्कनबाटै गर्ने शिक्षा मन्त्रालयको प्रस्तावलाई स्वीकृत गरेको हो ।

अब विद्यालयहरुले गरेको आन्तरिक मूल्याङ्कनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ ।

विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारेर सार्वजनिक गर्नेछ ।

गत वर्ष विद्यालयका प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्याङ्कन समिति गठन गरी पहिलो त्रैमासिक अवधिको मूल्याङ्कन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्याङ्कन ३० प्रतिशत र तेस्रो त्रैमासिक अवधिको ६० प्रतिशत अङ्कका आधारमा मूल्याङ्कन गरेको थियो।

मल अभाव हुन नदिन भारतबाट खरिद गरिने

यस्तै बैठकले रासयनिक मल अभाव हुन नदिन यस वर्ष भारतसँग सरकारी स्तरबाटै मल खरिदको प्रक्रिया अघि बढाइने भएको छ ।

बैठकमा भारतसँग जी टु जी सम्झौताबाट नेपाललाई आवश्यक मल ल्याउने प्रक्रिया अघि बढाउने प्रस्ताव गएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्ला वर्षमा जस्तो किसानबाट मल अभावको गुनासो आउन नहुने बताएका छन् ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा