सतपाल राईले बिहानै आफ्नी श्रीमती र छोरालाई फोन गरेर यसो भनेका रहेछन ……..

भारतीय रक्षा प्रमुख विपिन रावतका सुरक्षाकर्मी दार्जिलिङका नेपाली भाषी सतपाल राईको पनि हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ। यसै हप्ताको बुधबार भारतको तमिलनाडु राज्यको कुन्नुरमा एउटा सै’न्य वि’मा’न दु’र्घ’टना हुँ’दा त्यसमा सवार १४ मध्ये १३ को ज्यान गएको थियो।

सो हेलिकप्टरमा भारतका पूर्व सेनापति तथा हालका रक्षा प्रमुख रहेका विपिन रावत पनि सवार थिए। दुर्घटनामा रावतसँगै नेपाली भाषी दार्जिलिङका सितपाल राईको मृत्यु भएको टेलिग्राफ इन्डियाले जनाएको छ।

४१ वर्षीय सतपाल राईले बुधबार बिहानै आफ्नी श्रीमती र छोरालाई फोन गरेर आफ्नो दिनको योजनाबारे बताएका थिए तर काम सकिएपछि फोन गर्ने वाचा गरेका थिए । वाचा अधुरै रहयो । राईले आफ्नो ३० वर्षीय छोरा विकल र श्रीमती मन्दिरालाई बुधबार बिहान ८:३० बजे फोन गरेका थिए, जसमा तमिलनाडुको निलगिरी हिल्समा भएको हेलिकोप्टरमा एक जना जीवित पाईए र १३ जना यात्रुको मृत्यु भएको थियो।

“उनी यो तिहारमा घर आएका थिए र पन्ध्र दिनअघि मात्रै गएका थिए। म विश्वास गर्न सक्दिन कि मेरो छोराले अब उनको शव ल्याउनेछ,” मन्दिराले भनिन्। राईका बुढी आमा, श्रीमती, छोरा विकल र छोरी मुस्कान छन् । “हाम्री छोरी मात्र १६ वर्षकी छिन्,” मन्दिराले थपिन्।

उनीहरुका छिमेकी पदम गुरुङले पहिलो पटक टिभीमा घटनाबारे थाहा पाएको बताए । ‘हामीले थाहा पाएका छौं तर परिवारलाई सम्झाउने प्रयास गरिरहेका छौ ‘ । बेलुका ६ बजेको थियो कि छोरा मार्फत मृत्युको खबर पुष्टि भएको थियो।भाजपाका दार्जीलिङका सांसद राजु विष्ट र जीएनएलएफका प्रमुख मान घिसिङदेखि गोर्खा जनमुक्ति मोर्चाका नेता विमल गुरुङ र भारतीय गोरखा प्रजातन्त्रिक मोर्चाका अध्यक्ष अनित थापासम्मका पहाडी नेताहरूले शोक व्यक्त गरेका छन् ।

मुख्यमन्त्री ममता बनर्जीले राईको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेकी छिन् । उनले भनिन् “सतपाल राईले आफ्नो जीवन मातृभूमिका लागि समर्पण गरेका छन् । पहाडका यी बहादुर छोराको निधनले अपूरणीय क्षति भएको छ। सतपालका एक मात्र छोरा विकल राई पनि भारतीय सेनामै कार्यरत छन्। राईको पार्थिव शरीर आज शुक्रबार दार्जिलिङमा अत्येष्टी गरिनेछ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा