फेरी धादिङमा तीन जनामा कोरोना संक्रमण !

काठमाडौं । नेपालमा कोरोना विस्तारै नयाँ जिल्लाहरुमा फैलन थालेको छ । मंगलवार धादिगंमा ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरु फरक फरक गाउँपालिकाका हुन् । नेत्रावती डब्जोङ्ग गाउँपालिकामा, गल्छी गाउँपालिका र थाँक्रे गाउँपालिकामा १, १ जनामा कोरोना पुष्टि भएको हो । धादिङ जिल्ला जनस्वास्थ्य प्रमुख भुवन पौडेलले सो कुरा पुष्टि गरेका छन् । यस अघि थादिगंमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी थाक्रे गाउँपालिकाका हुन् । उनको सम्पर्कमा रहेकाहरुको प्रारम्भिक जाँ पछि अन्यको पनि जाँच गरिएको हो । थाक्रेका ४१ वर्षमा पुरुष काठमाडौं बस्दै आएका थिए । धादिङ्गबाट काठमाडौं आफ्नो कोठामा गएका उनलाई घरभेटीले घरमा पस्न नदिएपछि उनी टेकुमा कोरोना परिक्षण गर्न गएका थिए ।

काठमाडौंको टेकु अस्पतालमा गएर पिसिआर प्रविधिवाट कोरोना जाँच गार्द उनमा कोरोना पुष्टि भएको हो । उनी काठमाडौंको बागबजारमा प्रिन्टिङ्ग प्रेस सञ्चालन गर्दै आएका छन् । लकडाउनकै क्रममा घर आएर फेरी काठमाडौं फर्किएका उनमा कोरोना पुष्टि भएपछि संक्रमित एरिया पुर्वमा कृष्ण मन्दिर पश्चिममा ८ किला उत्तरमा महेशखोला सिल गरेको र संक्रमित एरियामा ५ जना परिवार ५ जना स्थानीयको पहिलो चरण र्‍यापिड टेस्ट गरिने धादिङ्गका प्रमुख जिल्ला अधिकारी आस्मान तमाङ्गले बताएका छन् ।

त्यस्तै मंगलवार प्रदेश १ मा थप ११ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् । बाँकेमा सोमवार मात्र निकै धेरै कोरोना पुष्टि भएको थियो । एकै दिन बाँकेमा ६८ जनामा कोरोना देखिएको भोलीपल्ट फेरी तराईका जिल्लामा मंगलवार विहानै देखि कोरोना संक्रमितको डाटा आउन थालेको छ ।

मंगलवार विहान झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झापाका ९ जनामा कोरोना संक्रमण देखिएको कोशी अस्पतालले पुष्टि गरेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा संगीता मिश्राले ११ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको पुष्टि गरेकी हुन् ।

झापाको केचनकवल गाउँपालिकाका रहेको पनि उनले बताएकी छन् । सोमवार पनि सोही ठाउँका एक युवकमा कोरोना पुष्टि भएको थियो । सोही युवकसंगको सम्पर्कमा रहेकाहरुको गरिएको पिसिआर परिक्षणका क्रममा अरुको पनि पोजेटिभ आएको हो । युवकको टोलका ३३ जनाको कोशी अस्पतालमा परीक्षण गरिएको थियो ।

त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा पनि सुनसरीका दुईजनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । कोरोना पोजेटिभ देखिनेमा इटहरीका १८ वर्षका युवक र अर्का व्यक्ति सशस्त्र प्रहरी कर्मचारी रहेको बताईको छ । योसँगै सुनसरीमा मात्र कोरोना संक्रमितको संख्या तीन र झापामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा