नेपालमा ३ को मृत्यु ४४४ संक्रमित : कुन जिल्लामा कति ? पुरा रिपोर्ट हेर्नुहोस

काठमाडौं- नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ३ जनाको ज्यान गएको छ । सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँकेका २५ वर्षीय पुरुष र गुल्मीका ४१ वर्षीय पुरुषले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

त्यस्तै आजसम्म ४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजैमात्र थप १७ जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म ४५ जना उपचारपछि निको भएका छन् । ३९६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

नेपालका कुल ७७ वटा जिल्ला मध्ये ३८ वटा जिल्लामा कोरोना संक्रमण फैलिएको छ । ४ महिनाको अवधिमा सातै वटा प्रदेशमा कोरोना संक्रमणको प्रकोप फैलिएको छ ।

नेपालमा सबैभन्दा धेरै बाँकेमा ९९ जनामा संक्रमण पुष्टि भएको छ । एक जनाको ज्यान गएको छ । त्यस्तै पर्सामा ९१ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालका कुन जिल्लामा कति संक्रमित छन् ? यो सूची हेर्नुहोस्

१. बाँके – ९९ संक्रमित, १ को मृत्यु
२. पर्सा ९१
३. कपिलवस्तु ५९
४. उदयपुर ३३
५. रुपन्देही २८
६. काठमाडौं १२
७. कैलाली ४
८. बारा ४
९. रौतहट २२
१०. धनुषा ८
११. वाग्लुङ्ग २
१२. चितवन ३
१३. झापा २७
१४. सर्लाही ५
१५. महोत्तरी ३
१६. भक्तपुर ३
१७. बर्दिया २
१८. नवलपरासी (पश्चिम) ३
१९. कंचनपुर १
२०. भोजपुर १
२१. सप्तरी १
२२. नवलपरासी (पूर्वि) १
२३. धादिङ २
२४. मकवानपुर २
२५. सिरहा १
२६. दाङ ४
२७. काभ्रेपलान्चोक १
२८. सिन्धुपाल्चोक १, संक्रमितको मृत्यु
२९. धनकुटा ७
३०. मोरङ ४
३१. गुल्मी १, संक्रमितको मृत्यु
३२. सुनसरी ३
३३. दैलेख १
३४. खोटाङ्ग १
३५. ललितपुर १
३६. लमजुङ १
३७. सिधुली १
३८. रामेछाप १
जम्मा-४४४

नेपालमा देखिएको पहिलो केसको स्वाब परीक्ष्णका लागि हङकङ पठाइएकोमा अहिले भने स्वास्थ्य सामग्रीहरु ल्याइएपछि नेपालमै परीक्षण हुन थालेको छ।

संक्रमणको दर बढ्न थालेपछि सबै जिल्लामा उच्च सतर्कता अपनाइएको छ । आवतजावतमा कडाइ गरिएको छ भने अत्यावश्यक बाहेकका काममा घरबाट बाहिर निस्कन पनि कडाइँ गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा