थपिएको मत थपिएको जिम्मेवारी हो, सिधै काममा लाग्न चाहन्छौं: रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् प्रतिनिधि सभा सदस्यमा पुनः निर्वाचित रवि लामिछानेले थपिएको मत थपिएको जिम्मेवारी भएको बताएका छन्।

मंसिर ४ को निर्वाचनमा ४ हजार ८७६ मत बढी ल्याएर उपनिर्वाचनबाट पुनः निर्वाचित भएपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । गत निर्वाचनमा लामिछाने ४९ हजार ३०० मत ल्याएर निर्वाचित भएका थिए। तर, नागरिकता विषयमा सर्वोच्चले उनको पद खारेज गरेसँगै यहाँ उपनिर्वाचन भएको हो।

साथै उनले बधाई कार्यक्रम नराखिदिन आग्रह गरेका छन् । आज बिहान चितवनको इच्छाकामना क्षेत्रमा केही कार्यक्रमपछि सिधै काममा लाग्न चाहेको भन्दै उनले लेखेका छन्,‘थपिएको मत थपिएको जिम्मेवारी हो । आज इच्छाकामना क्षेत्रमा केही कार्यक्रम पछि, कहीँ पनि बधाई कार्यक्रम नराखिदिनु होला । हामी सिधै काममा लाग्न चाहन्छौं।’

चितवन क्षेत्र नम्बर २ मा वैशाख १० मा भएको उपनिर्वाचनमा रविले ५४ हजार १७६ मत ल्याए । पुनः निर्वाचित भएलगत्तै आयोजित विजय उत्सवमा उनले मंगलबार चौतर्फी प्रहार र लान्छनाको जवाफ चितवन २ का मतदाताले दिएको बताएका थिए।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा