प्रधानमन्त्री प्रचण्ड र राष्ट्रिय सभा अध्यक्षबीच छलफल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसद्को अधिवेशन अन्त्य गर्ने विषयमा छलफल थालेका छन् । बुधबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग सदनको अधिवेशन अन्त्य गर्ने विषयमा छलफल गरेका हुन् । 

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष तिमिल्सिनाबीच संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित गरेर संसद् अधिवेशन छिट्टै अन्त्य गर्ने विषयमा छलफल भएको हो । 

साथै सो भेटमा प्रधानमन्त्री प्रचण्डलाई अध्यक्ष तिमिल्सिनाले आफ्नो रूसको संघीय संसद् उपल्लो सदनको निमन्त्रणामा भएको भ्रमणबारे जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा