बच्चा जन्मन नपाउँदै बुबाको मृत्यु; विवाहको २ बर्षमै बिधवा बन्नुपर्यो अभिनेत्री मेघना

हृदयघातका कारण कन्नड फिल्मका चर्चित अभिनेता चिरञ्जिवी सर्जाकोनिधन भएको छ। उनी जम्मा ३९ वर्षका मात्र पुगेका थिए जसले यो संसार बाट बिदा लिसकेका छन्। अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिक शरीरलाई घर पुर्याइको । उनका प्रशंसकले सोसल मिडियामा चिरञ्जिवीको निधनपछि नलाई श्रद्धाञ्जली दिइरहेका छन् ।

यसका साथै चिरञ्जिवि सर्जा र नायिका मेघना राजको तस्बिर धेरैले शेयर गरिरहेका छन् ।भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारका अनुसार नायिका मेघना राज गर्भवती छिन् । उनको फार्महाउसबाट सार्वजनिक भएको उनको तस्बिरमा मेघनाको तस्बिर देखेर यस्तो अडकलबाजी गरिएको हो ।

यी दुईको विवाह दुई वर्ष अघि २०१८ को मे २ तारिखमा भएको थियो । यी दुईले क्याथोलिक रितिरिवाजमार्फत् विवाह गरेपछि हिन्दु रितिरिवाजमा पनि विवाह गरेका थिए । मेघना र चिरञ्जिविले १० वर्ष डेट गरेपछि विवाह गरेका थिए ।उनी कन्नडा फिल्म उद्योगमा सफल कलाकार हुन् ।

उनले ३९ वर्षकै उमेरमा ज्यान गुमाएका छन् । भारतीय सञ्चारमाध्यममा प्रकाशित भएका समाचारको अनुसार उनले छाती दुख्यो भनेर भनेका थिए ।उनलाई तत्कालै बेङगलरुको जयनगरमा रहेको सागर अस्पतालमा भर्ना गरिएको थियो । तर डाक्टरले उनलाई बचाउन नसकेको दुखद् खबर दिए ।

भारतीय सञ्चार माध्यमका अनुसार दिउँसो करिब १ बजे उनी फोनमा आफ्ना पितासँग कुरा गरिरहेका बेला उनलाई पसिना आउन थाल्यो र उनी अचानक ढले । उनलाई तत्काल अस्पताल पुर्याइयो जहाँ उनलाई मृत घोषित गरियो ।बिश्व नै कोरोना भाइरसबाट ग्रसित भएको हुनाले डाक्टरले उनको स्वाव संकलन गरेर परीक्षण गर्न पठाएको बताएका छन् तर परिक्षणको नतिजा भने आइसकेको छैन ।

मुख्यमन्त्री येदिरुप्पाले हिजो राति ट्विटमा लेखेका छन्,- “लोकप्रिय कन्‍नाडा कलाकार चिरञ्‍जीवी सर्जाको निधनको दुखद् खबर पाउँदा स्तब्ध भएको छु, उनीप्रति हार्दिक श्रद्धाञ्‍जली अर्पण गर्दै परिवारमा यस दुःखको घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै प्रार्थना गर्दछु।”

फिल्मी परिवारसँग सम्बन्ध राख्ने चिरञ्जिवीले सन् २००९ मा कन्नड फिल्म ‘वायुपुत्र’ मार्फत् डेब्यू गरेका थिए । आफ्नो करियरमा उनले ‘अम्मा आई लभ यु’लगायत २० वटा फिल्ममा उनले मुख्य अभिनेताको भूमिका वहन गरेका थिए। २२ वटा कन्नड फिल्ममा काम गरे ।उनी बलिउडमा चिरुको नामले प्रख्यात थिए ।

नले २२ वटा भन्दा बढी फिल्ममा अभिनय गरिसका छन् । उनले कन्नडा फिल्महरु अध्या, खाकीँ, सिङगा, अम्मा, आइलभ यु, प्रेमा बरहा, वायुपुत्र लगायतका फिल्ममा अभिनय गरेका थिए । उनको अन्तिम फिल्म भने शिवर्जुन रहेको बताइएको छ । अहिले बलिउड लकडाउनको मार र शोकमा डुबेको छ । बलिउड कलाकार चिरञ्जिवी सार्जाको निधनले बलिउड शोकमा डुबेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा