रोग प्रतिरोधात्मक औषधि कोभिड १९ (कोरना भाइसर) रोगको लागि उपयोगी हुने होमियोप्याथिक आर्सेनिक एल्ब ३० नामक औषधी बुटवलमा पनि बितरण शुरु गरिएको छ । यो औषधिलाई नेपाल सरकारले प्रोटोकलमा राखेको छ ।अन्य रोगसंगै कोरना संक्रमको जोखिमलाई न्यूनीकरण गर्न सक्ने भएको छ।
बुधबार बेलुका बुटवलको कालिकानगरबाट कालिका कल्याणकारी समाजले औषधिको निःशुल्क बितरण शुरु गरेको हो ।पहिलो चरणमा कालिकानगर क्षेत्रका दुई हजार मानिसलाई औषधि बितरण गरिएको समाजका सचिव दिनेश कुमार कुँवरले जानकारी दिए । बुटवलको ओमकालिका होमियोप्याथिक अस्पताल प्रालिको प्रायोजनमा औषधि निःशुल्क बितरण गरिएको कुँवरले बताए ।
औषधि वितरण कार्यक्रममा बोल्दै कालिका कल्याणकारी समाजका अध्यक्ष एवं ओमकालिका होमियोप्याथिक अस्पताल प्रालिका संचालक माधव थापाले प्रदेश नं. ५ का करिव एक लाख मानिसलाई यो औषधि निःशुल्क वितरण गरेर सहयोग गर्ने उदेश्य आफूहरुले लिएको बताए ।
कोरना महामारीको अवस्था थप जटिल हुन नदिन यो औषधि उपयोगी हुने तथा रोग प्रतिरोधी क्षमता बृद्धि गर्ने भएकाले अन्य रोग समेत लाग्न नदिन औषधि बितरण गरिएको उनले प्रष्ट पारे ।यो औषधि खासगरी भारतमा उत्पादन हुने गरेको र नेपालमा पनि होमियोप्याथिक अस्पतालहरुले भारतबाट कच्चापद्धार्थ ल्याई उत्पादन गर्ने गरेको पाइन्छ ।
विश्वका १ सय ८० देशले यो औषधि प्रयोग गर्ने गरेको चिकित्सकहरुले बताएका छन् । सन्. १९१८ मा भएको स्पेनी फ्लुमा पनि यस्तै प्रकारको होमियोप्याथिक औषधि विभिन्न देशमा खुवाइएको थियो । त्यतिबेला यो औषधि सेवन गर्नेमध्ये जम्मा एक प्रतिशत मानिसमात्र उक्त फ्लुबाट मरेका बताइन्छ ।
यसैबीच उक्त औषधि लिन चाहने क्रियाशील पत्रकारहरुको लागि नेपाल पर्यटन पत्रकार महासंघ प्रदेश नं. ५ समितिले बितरण गर्नेभएको छ ।ओम कालिका होमियोप्याथिक अस्पताल प्रालिको सहयोगमा महासंघले आफ्ना सदस्यहरु तथा अन्य इच्छुक पत्रकारहरुलाई निःशुल्क औषधि बितरण गर्ने महासंघ प्रदेश ५ समिति महासचिव कपिल ज्ञवालीले बताए ।
यो औषधि कोरना लगायतका अन्य रोग लाग्न नदिने रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि भनी चिकित्सकहरुले दाबी गरेका छन् । यो औषधि देशका विभिन्न ठाउँमा मारवाडी सेवा समितिले पनि बितरण गरिरहेको छ ।