सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने एक जना पक्राउ

काठमाडौँ–  सामाजिक सञ्जालको दुरूपयोग गरी महिलाको चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

प्रहरीले कीर्तिपुर नगरपालिका ६ स्थायी ठेगाना भएका ३५ वर्षीय नरेन्द्र केसीलाई बिहीबार पक्राउ गरेको हो ।

सामाजिक सञ्जाल फेसबुकमार्फत पीडित महिलालाई ललाई फकाइ अश्लील जन्य क्रियाकलाप गर्न बाध्य पारी सो को स्क्रिन रेकर्ड गरी पीडित महिलालाई पठाइ आफू अनुकूल फाइदा लीन दबाब दिइरहने गरेका थिए ।

आफ्नाे उद्देश्य पुरा नभएपश्चात् पीडितको आफन्त तथा साथीलाई म्यासेन्जरमा अश्लील क्रियाकलापमा संलग्न भएको स्क्रिन रेकर्ड पठाई दुःख हैरानी दिई चरित्र हत्या गर्ने गरेको अनुसन्धानबाट खुलेपछि विद्युतीय कारोबार ऐन, २०६३ कसूरमा उनलाई साइबर व्यूरो भोटाहिटिबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थपको अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा