गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वार्ड न १ का वार्ड अध्यक्ष मोहन घिमिरेको शब चिलाउनिको रुखमा झुन्डिएको अवस्थामा भर्खरै फेला परेको छ । आज बिहान करिब ५ बजेको समयमा फेसबुक मा इस्टाटस लेख्दै उहाँ सम्पर्क बिहिन हुनु भएको थियो। उहाले आफ्नो मोटरबाइक थामडाडामा राखि ओरालो लागेको बताइयको छ ।मुसिकोटले १ सिङो खम्बा गुमाएको खबरले सम्पुर्ण मुसिकोट वासी सङै गुल्मीलाई इस्तब्द गराएको छ ।
गुल्मीको मुसिकोट नगरपालिका- ८ का वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् । बिहान करिव ५ बजे आसपास फेसबुक स्टाटस अलबिदा लेखेका घिमिरे घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
शुक्रबार अपरान्ह घरबाट निस्केका घिमिरे रातभर घर नफर्केको पारिवारिक स्रोतले जनाएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । घिमिरे नेपाली कांग्रेसका नेता समेत हुन् ।
फेसबुक मा एस्तो नोट लेखेर उनि ले देह त्याग गरेका थिए
Mohan Ghimire · ·
परिस्थितिको चपेटामा परे पछि बाच्नुको अर्थ हुदो रहेनछ। प्रीय अनिता; साथ निभाउन सकेन। मलाई माफ गरे। घर परिवार, साथिभाई सुभ चिन्तक सबै संग माफी चाहान्छु। अल बिदा।
Kamal Khatri (Gulmi)
