गुल्मी मुसिकोटका २१ वर्षीय युवाको अरिङ्गालको टोकाइबाट मृत्यु

गुल्मीमा अरिङ्गालको टोकाइबाट एकजनाको मृत्यु भएको छ। जिल्लाको मुसिकोट नगरपालिका-४, कालढुङ्गाका २१ वर्षीय शैलेस ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

ठकुरी सोमबार साझा साथिहरु संग मुसिकोट नगरपालिका -३ को देविस्थान सामुदायिक जङ्गलमा अरिङ्गाल पोल्न गएका थिए ।

अरिङ्गालको टोकाई बाट घाइते भएका उनको जिल्ला अस्पताल गुल्मीमा उपचारको क्रममा मृत्यु भएको हो मंगलबार बिहान गुल्मी अस्पतालले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटना बारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी(डिएसपी) डिल्ली नारायण पाण्डेले बताए ।

कमल खत्री (गुल्मी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा