बीपी राजमार्गको नमोबुद्धमा इलामबाट काठमाडौँ आउँदै गरेको माइक्रोबस दुर्घटना, थर्मल ड्रोन प्रयोग गरी घाइतेको उद्धार

काभ्रेपलाञ्चोक । बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । इलामबाट यात्रु लिएर काठमाडौँतर्फ आउँदै गरेको बा ३ ख ८३५९ नम्बरको हाइस माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल भीरमा खसेको हो ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ भकुण्डेबेँसीस्थित नेपाली सेना, नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायको संयुक्त टोली तत्काल उद्धार कार्यमा खटिएको थियो । रातिको अँध्यारो र अत्यन्तै अप्ठ्यारो भीर भएका कारण नेपाली सेनाले अत्याधुनिक थर्मल ड्रोनको सहायताले घाइतेहरूको अवस्थिति पत्ता लगाई भिरबाट सकुशल बाहिर निकालेको सुरक्षा निकायले जनाएको छ ।

उद्धार गरिएका तीनै जना घाइतेहरूलाई मेथिनकोट अस्पतालको एम्बुलेन्समार्फत प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । घाइतेहरूको हाल धुलिखेल अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ ।

सडकको तीव्र मोड र रातको समयमा चालकको नियन्त्रण गुम्दा गाडी भीरमा खसेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाबारे जिल्ला प्रहरी कार्यालय काभ्रेले थप अनुसन्धान अघि बढाएको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा