काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा अहिलेसम्मकै ठूलो उछाल आएको छ । बिहीबार एकैदिन छापावाल सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ तोकिएको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, १० ग्राम सुनको मूल्य २ लाख ४७ हजार ६८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
चाँदीको मूल्यमा पनि बढोत्तरी :
सुनसँगै चाँदीको भाउ पनि उकालो लागेको छ । महासंघका अनुसार चाँदी प्रतितोला २६५ रुपैयाँले बढेर ३ हजार ९२० रुपैयाँ पुगेको छ । बुधबार चाँदी प्रतितोला ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, १० ग्राम चाँदीको मूल्य ३ हजार ३६० रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्यमा आएको उतारचढाव र डलरको मजबुतीका कारण स्थानीय बजारमा समेत सुनचाँदीको मूल्यमा तीव्र वृद्धि देखिएको व्यवसायीहरूको भनाइ छ ।





