गृह मन्त्रालयले द्वारा नेपाल प्रहरीकी इन्सपेक्टर थापालाई बर्खास्त

काठमाडौँ– जानकारी नदिई लामो समयमा कार्यालयमा उपस्थित नभएको भन्दै गृह मन्त्रालयले नेपाल प्रहरीकी एक प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई बर्खास्त गरेको छ ।

नर्सिङ इन्चार्जका रुपमा प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत इन्सपेक्टर लक्ष्मी थापालाई गृह मन्त्रालयले सेवाबाट हटाएको हो ।

प्रहरीका अनुसार गत पुस २३ गतेदेखि एक महिना घर बिदामा बसेकी उनी त्यसयता सम्पर्कविहीन भएपछि उनलाई सम्पर्क गर्न प्रहरी प्रधान कार्यालयले गोरखापत्रमा सूचना समेत प्रकाशित गरेको थियो ।

उनले कुनै जवाफ नदिएपछि अघिल्लो साता सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा