मोटरसाइकल चोरी आरोपमा दुई जना पक्राउ

काठमाडौँ– मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले काठमाडौँको नरेफाँटबाट दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्साको वीरगञ्जस्थित परवानीपुर घर भएका १८ वर्षीय विकास थापा मगर र २१ वर्षीय विशाल थापा मगर छन् ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्सपेक्टर सुरेशराज भट्ट नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार चोरी गरेको ४ वटा मोटरसाइकल र दुई वटा स्कुटर प्रहरीले बरामद गरेको छ ।

उनीहरुमाथि चोरी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा