आइसीसीले बढाउने भयो विश्वकप क्रिक्रेट खेल्ने मुलुकको संख्या बढाउने

काठमाडौँ- आईसीसीले एकदिवसीय विश्वकप क्रिकेटमा सहभागी मुलुकको  संख्या बढाएको छ ।

आईसीसीले एकदिवसीय र टी-ट्वान्टी विश्वकपमा खेल्ने टिमको संख्या बढाएको छ । अब एकदिवसीयमा १४ टिमले प्रतिस्पर्धा गर्नेछन् भने टी-ट्वान्टीमा २० टिमबीच प्रतिस्पर्धा हुनेछ ।

आईसीसीले २०२७ र २०३१ को विश्वकपमा १४ टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ । यसअघि एकदिवसीय विश्वकपमा १० टिमले प्रतिस्पर्धा गर्दै आएका थिए ।

यस्तै टी-ट्वान्टी विश्वकपको सन्२०२४, २०२६, २०२८ र २०३० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने आइसीसीले जनाएको छ । टी-ट्वान्टी विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा