कांग्रेसको महाधिवेशनमा पुगेका पत्रकारहरु आन्दोलनमा उत्रिएका छन् ।

काठमाडौ,नेपाली कांग्रेसको महाधिवेशनमा कहिल्यै नभएको घटना घटेको घटेको छ । प्रहरी र निर्वाचन समितिका सदस्यले दु र्व्य वहार गरेको आरोप लगाउँदै फोटो पत्रकारहरुले क्यामेरा भुइँमा राखेर आन्दोलन सुरु गरेका छन् ।महाधिवेशनमै पत्रकारहरु यसरी विरोधमा उत्रिएको सम्भवत पहिलो घटना हो ।

कुनै राजनीतिक दलको सबैभन्दा ठूला कार्यक्रममा पत्रकारहरुले कार्यक्रम स्थलमै आन्दोलन गर्नुपरेपछि सबैको ध्यान आकर्षित भएको छ । सोमवार फोटो पत्रकारले कांग्रेस महाधिवेशन स्थलमा क्यामेरा भुइँमा राखेर विरोध जनाएका छन्।साढे तीन घन्टा ढिलो गरि भएको मतदानको फोटो खिच्न जान लागेका पत्रकारलाई प्रहरी र निर्वाचन समितिका सदस्यहरूले रोकेका हुन् ।

उनीहरुले दु ब्र्य वहार समेत गरेका थिए।प्रहरीले केही फोटो पत्रकारलाई लछारपछारसमेत गरेको छ। उनीहरुले राष्ट्रिय सभागृहको मुख्य गेट नजिकै क्यामेरा भुइँमा राखेर विरोध जनाएका छन्।फोटो पत्रकारहरु जारी मतदानको फोटो खिच्न बुथ तर्फ जाँदै गर्दा सुरक्षाकर्मीहरुले धकेलेर जान दिएका थिएनन्।

त्यसको विरोधमा उनीहरुले क्यामरा डाउन गरेका हुन्।अहिले महाधिवेशन स्थलमा उपस्थित भएका पत्रकारहरू क्यामेरा भुइँमा राखेर धर्ना दिएर बसिरहेका छन्। उनीहरूले माफी मागेर सहज व्यवस्था नगरेसम्म महाधिवेशन बहिष्कार गर्ने चेतावनी पनि दिएका छन् ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा