स्वास्थ्य मन्त्रालयले गर्यो त्रुटि, कोरोना संक्रमितको विवरण त्रुटिपूर्ण

मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीको हस्ताक्षरसहित शुक्रबार बिहान ९ बजे सार्वजनिक भएको विज्ञप्तिमा गोडैता नगरपालिकाको ८, ९, ११, १३ र १४ नम्बर वडा र रामनगर बहुअर्वा गाउँपालिका–७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८र ४९ वर्षका र १८ वर्षीय महिला संक्रमित रहेको भनिएको छ ।

यो सूचना सार्वजनिक हुनेवित्तिकै सर्लाहीको रामनगरमा १५ संक्रमित भेटिएको हल्ला फैलिएको थियो । रामनगर ७ का वडाध्यक्ष रामसोगारथ तेलका अनुसार मन्त्रालयले स्पष्टसँग नलेख्दा गाउँमा त्रास बढेको छ । सो गाउँबाट ११ जनाको मात्र स्वास्थ्य परीक्षण गरिएको थियो ।

परीक्षणभन्दा बढी संक्रमितको आएर बुझ्दा वडामा एक जना मात्र संक्रमित भएको पाएको तेलीले बताए । संक्रमित व्यक्ति ४ जेठमा भारतको बम्बईबाट आएका थिए ।

विज्ञप्तिमा मन्त्रालयले गोडैता नगरपालिकाको वडा पनि थपिदिएको छ । कार्यकारी अधिकृत विकाउकुमार यादवका अनुसार नगरपालिकामा जम्मा १२ वटा वडा छ । तर, मन्त्रायलले विज्ञप्तिमा १३ र १४ नं. वडामा पनि संक्रमित भेटेको उल्लेख गरेको छ ।

यादवका अनुसार संक्रमितमध्ये १३ जनाको पत्तो लागिसकेको छ । यद्यपि, अर्का एकजनाको पहिचान भइसकेको छैन । भेटिएका संक्रमतिमध्ये अधिकांश दिल्ली, मुम्बई, गुजरात लगायतका क्षेत्रबाट आएका छन् ।

यसअघि धादिङका भनिएका संक्रमित काठमाडौंको बागबजारको प्रेसमा काम गर्ने व्यक्ति भएको खुलेको थियो । दाङमा संक्रमण भेटिएको भनेर सार्वजनिक गर्दा पनि संक्रमित व्यक्ति नक्सालमा रहेको पाइएको थियो भने सिन्धुलीका संक्रमित पनि काठमाडौंमै रहेको खुलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा