काठमाडौं। आज पूर्वगृहमन्त्री रमेश लेखक बयानका लागि जाँचबुझ आयोग जाँदैछन्। जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझकाे लागि आयोगले बाेलाएपछि लेखक बयानका लागि जाँदैछन् ।
तत्कालिन गृहमन्त्री रहेका लेखकमाथि जेनजी आन्दोलनताका आन्दोलनकारी विद्यार्थीमाथि गोली चलाउन आदेश दिएको आरोप छ । भदौ २३ र ३४ गतेको आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले बयानका लागि बोलाएपछि लेखक जान तयार भएका हुन् ।
