आगामी बजेटका लागि रास्वपाको तयारी: सांसद र मन्त्रीबीच आज ‘पूर्व बजेट छलफल’ हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद र मन्त्रीहरूबीच आज ‘पूर्व बजेट छलफल’ हुने भएको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे सुरु हुने यस छलफलमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटका प्राथमिकता र योजनाहरूबारे संवाद हुनेछ।

छलफलमा विशेषगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको सहभागिता रहने बताइएको छ। सरकारले बजेट तर्जुमा गर्नुअघि आफ्ना सांसदहरूका सुझाव समेट्न र नीतिगत स्पष्टता ल्याउन यो बैठक आयोजना गरिएको हो। रास्वपाले बजेट निर्माण प्रक्रियालाई थप व्यावहारिक र जनमुखी बनाउन पूर्व बजेट छलफललाई महत्त्व दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा