देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलको अस्वीकार, आवश्यक सर्त नपुगेको भन्दै उठाए प्रश्न

काठमाडौँ। इन्टरपोलले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानमा रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारी गर्न अस्वीकार गरेको छ। इन्टरपोलले देउवा दम्पतीविरुद्ध हालकै अवस्थामा सम्बद्ध कसुर नदेखिएको र रेड नोटिसका लागि आवश्यक सर्तहरू समेत नपुगेको भन्दै प्रश्न उठाएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा जिल्ला अदालत काठमाडौँले २०८२ चैत २४ गते उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। सोही पुर्जीका आधारमा विभागले प्रहरीमार्फत इन्टरपोललाई रेड नोटिसका लागि प्रक्रिया अघि बढाउन अनुरोध गरे पनि इन्टरपोलले त्यसलाई अस्वीकार गरेको हो।

गत भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा निवासमा आक्रमण भएपछि सेनाको सहयोगमा उद्धार गरिएका देउवा दम्पती हाल उपचारका सिलसिलामा देश बाहिर छन्। उनीहरू अहिले हङकङमा रहेको बताइए पनि यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन। उनीहरू देशबाहिर रहेकै समयमा सरकारले सम्पत्ति शुद्धीकरणको अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा