एमालेमा देखिएका सकारात्मक संकेतले कार्यकर्तामा खुसी

 

विघटनको संघारमा रहेको एमालेमा देखिएका सकारात्मक संकेतले कार्यकर्तामा खुसी छाएको छ । मंगलवार एमालेको कार्यदलले सहमतिको मस्यौदा बनाउने र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराएर पार्टी विवाद समाधान गर्ने कामको सुरुवात गरेको छ ।

कार्यदल ब्युँताउने र त्यहाँ बन्ने सहमतिको मस्यौदामा मात्रै वार्ता गर्ने नेपालको सर्त ओलीले स्वीकार गरेपछि विघटन हुनै लागेको एमालेमा नयाँ किरण देखिएको हो । संसद् विघटनसम्बन्धी मु द्दाको सुनुवाइ सकिएर फैसलाको पर्खाइ भएकै वेला एमालेमा सहमतिको नयाँ अध्याय सुरु भए पछि भने विपक्षी दलमा छटपटि सुरु भएको छ ।

आइतबार दोस्रो तहका नेताहरूले ओली र नेपाललाई भेट गराएर सहमति जुटेका विषयमा संयुक्त विज्ञप्ति निकाल्ने कोशिस गरेका थिए । तर, नेपालले कार्यदल ब्युँताउने र त्यहाँ बन्ने सहमतिको मस्यौदामा मात्रै वार्ता गर्ने अडान राखेपछि अलमलमा परेका नेताहरु ओलीको सकारात्मक संकेतले खुसी भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा