अनेरास्ववियु स्याङ्जामा देखियो स्पष्ट दुई धार

स्याङ्जा। पुस १९।अनेरास्ववियु  स्याङ्जामा येतिखेर आन्तरिक विवाद को कारण ले दुई धार देखिएको छ । गत महिना मंसिर 3 गते अनेरास्ववियु कार्यालय टिम ले संगठनको बिधि बिधान मिचेर जिल्ला का सबै नेतृत्व कर्ता लाई छडी आफ्नो अनकुलका ब्यक्ति हरु लाई पदाधिकारी च्यन गरे को भन्दै 1 समुह बिरोध जनाउदै आएको छ । भने आर्को समूह पेलेर निर्णय गर्दै जानी पक्षमा देखिएको छ ।
आन्तरिक विवाद को कारण ले 2 समुह छुट्टाछुट्टै आफ्नो कृयाकलप गर्दै आएको छ । गलायङ क्याम्पस अधिबेशन मा र वालिङ् क्याम्पस अधिबेशन मा 1 टा टिम देखा पर्यो भने हरिनास गाउपालिका र अर्जुनचौपारी गाउपालिका अधिबेशन मा आर्को टिम देखा परेको छ । त्यसो त दुई फरक टिम ले पहिले देखिनै छुट्टाछुट्टै काम गर्दै आएको छ ।
सगुन राना लाई जिल्ला संयोजक गराउन लागि परेको टिम नै पछिलो क्रममा सगुन ले कुनै वस्ता नगरेको भन्दै सगुन बाट टाडिदै गएको एक स्रोतले जानकारी गरायो । त्यसो त अनेरास्ववियु केन्द्रिय सर्कुलर अनुसार सबै जिल्ला अधिबेशन पुस 23 भित्र मै गर्नु पर्ने हो । तर स्याङ्जाको यो गतिविधि ले अनेरास्ववियु स्याङ्जामा अधिबेशन 23 भित्र हुन नसक्ने देखा परेको छ ।
यहि अबस्थामा स्याङ्जा अनेरास्ववियु को अधिबेशन भए स्पष्ट दुई धार बिच चुनाव हुने देखिएको छ । अनेरास्ववियु दुबै पक्ष ले आफ्नो पकड जमाउन लागि परेको छ एक टिम ले हरिनाश, अर्जुनचपारी, भिर्कोट, बिरुवा र फेदिखोला आफ्नो पकड क्षेत्र भन्दै आएको छ भने आर्को टिम ले वालिङ ,गल्याङ , कालिगण्डकी , आधिखोला पुतलीबजार र चापाकोट लाई आफ्नो पकड रहेको जनाए । यदि 23 भित्र अधिबेशन गर्न नसके अनेरास्ववियु जिल्ला संयोजक ले राजीनामा दिनु पर्ने आर्को टिम ले माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा