आजको पञ्चाङ्ग
वि.सं. २०८० साल वैशाख कृष्ण षष्ठी तिथि,२८ गते विहीबार,
तदनुसार मे ११ ,२०२३ ।
आज विहान ०५:१७ मिनेट जाँदा सूर्योदय हुनेछ भने साँझ ०६:४४ मिनेट जाँदा सूर्यास्त हुनेछ।
आज वणिज नामको करण रहेको छ भने उत्तरषाढा नाम गरेको नक्षत्र रहेको छ।
त्यसैगरी शुभ नाम गरेको योग रहेको छ ।
त्यस्तै मकर राशिमा चन्द्रमा रहनेछन्।
राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशि हुनेहरूका लागि आजको दिन पारिवारिक सद्भाव बढ्नुका साथै परिवारको सहयोगले अपार सफलता पाइन सकिन्छ।मिष्ठान्नभोजनको योग बनेको छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वृष राशि हुनेहरूका लागि आजको दिन आफ्नै नेतृत्वमा विभिन्न कार्यहरू फत्ते गर्न सकिनेछ।साहित्यक्षेत्रमा राम्रो प्रभाव पार्न सकिनेछ।सहयोगी साथीहरू भेटिनेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिथुन राशि हुनेहरूका लागि आजको दिन साँझपख शुभ समाचार सुन्न पाइनाले मन खुसी हुनेछ।तर गरेको काममा भने सोंचेको सफलता पाइनेछैन।सोँचविचार गरेर मात्र कार्य गर्नुहोला।
कर्कट (हि. . है, हो, डा, डि, डू, डे, डो)
कर्कट राशि हुनेहरूका लागि आजको दिन धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्।मन प्रफुल्ल हुनुका साथै मेहनतको प्रशंसा पाइनेछ।आँटेका कार्यहरू पूरा हुनेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सिंह राशि हुनेहरूका लागि आजको दिन कला तथा सङ्गीतमा चाह बढ्नेछ।आफ्नो बोलीले सबैको मन जित्न सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशि हुनेहरूका लागि आजको दिन दीन दु:खीहरूमा दयाको भाव पलाउनेछ।धार्मिक कार्य एवं सेवामा मन जानेछ।नयाँ कार्ययोजना र सफलताको चर्चा चल्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशि हुनेहरूका लागि आजको दिन बोलीमा काबु लगाउनुहोला।मन अस्थिर हुने भएकाले चाहिँदो ठाउँमा मात्र पुग्नुहोला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, वि. पु)
वृश्चिक राशि हुनेहरूका लागि आजको दिन नयाँ वस्त्रादिको प्राप्ति हुन सक्नेछ।आंट,साहस र हिम्मत बढ्नुका साथै सुखद् यात्राको योग रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धनु राशि हुनेहरूका लागि आजको दिन घरमा विशेष अतिथिको आगमन हुन सक्नेछ।राम्रो खबर सुन्न पाउनुका साथै आफ्नो वरिपरि स्वामित्व जमाउन सकिनेछ।
मकर (जि, खि, खु, खे, खो, गा, गि)
मकर राशि हुनेहरूका लागि आजको दिन पारिवारिक साथ सहयोग मिल्नेछ ।मनमा शान्ति मिल्नुका साथै रोकिएका अपूर्ण कामहरू पूरा हुनेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुम्भ राशि हुनेहरूका लागि आजको दिन सामाजिक मानसम्मान प्राप्त गर्न सकिनेछ।दिन मधुररूपले बित्नेछ।धार्मिक कार्यमा मन जानेछ।
मीन (दि, दु, झ, ञ, दे, दो, च, चि)
मीन राशि हुनेहरूका लागि आजको आत्मिक शान्ति मिल्नेछ।तीर्थादिको दर्शन गर्ने योग रहनुका साथै व्यापार व्यवसायमा राम्रो नतिजा हात पार्न सकिन्छ।एकैपटक दुइटा फाइदा मिल्ने योग रहेको छ।
आदरणीय भक्तमनहरू तपाईँको राशिफल जे जस्तो भए पनि आजको दिन विष्णु भगवान्को स्मरण गरी दिनको सुरुवात गर्नुहोला।अवश्य राम्रो हुनेछ।
— शास्त्री संयोग बस्याल
( सम्पर्क गर्नु परेमा 9826157605 )






ए धन्यवाद