आजको पञ्चाङ्ग,तपाईँको राशिफल

आजको  पञ्चाङ्ग
  
वि.सं. २०८० साल ज्येष्ठशुक्ल प्रतिपदा तिथि,६ गते शनिबार,
तदनुसार मे २० ,२०२३ ।
आज विहान ०५:१३ मिनेट जाँदा  सूर्योदय  हुनेछ भने साँझ  ०६:४८ मिनेट जाँदा सूर्यास्त हुनेछ।
आज  नाग नामको करण रहेको छ भने  कृत्तिका नाम गरेको नक्षत्र रहेको छ।
त्यसैगरी शोभन नामको योग रहेको छ ।
त्यस्तै मेष राशिमा चन्द्रमा रहनेछन्।

राशिफल

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि हुनेहरूका लागि आजको दिन शुभ रहेको छ।नजिकको व्यक्तिको उन्नतिमा मन खुसी हुनेछ।शुभकार्यको चर्चा परिचर्चा हुनेछ।चाहेका कुराहरू पूर्ण हुनेछन् भने आफ्नो नेतृत्वमा कार्य सम्पादन हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि हुनेहरूका लागि आजको दिन कला गलाको प्रभाव बढ्ने समय छ।परिश्रमको फल राम्रो पाइनेछ।हर्षोल्लासमा समय बित्नेछ भने शुभ समाचार पनि सुन्न पाइनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि हुनेहरूका लागि आजको दिन सम्बन्धमा अनेकौँ बाधा आउनेछ। घर परिवारमा झैझगडा कलह हुन सक्नेछ।स्वास्थ्यमा पनि गडबडी हुने समय छ सजग हुनुहोला।

कर्कट (हि. . है, हो, डा, डि, डू, डे, डो)

कर्कट राशि हुनेहरूका लागि  आजको दिन स्त्रीलाभ हुनेछ।पारिवारिक जमघट हुनुका साथै आँटेको कार्य पूरा हुनेछ।अचानक धन र यशको  पनि लाभ हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि हुनेहरूका लागि आजको दिन प्रेम सम्बन्ध प्रगाढ हुनेछ ।बन्धुबान्धवको साथ समर्थन पाउनुका साथै मनन प्रसन्न रहनेछ।त्यस्तै शुभ कार्यको पनि थालनी हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो )

कन्या राशि हुनेहरूका लागि  आजको दिन शिक्षामा उन्नति हुनेछ।बुद्धिमतापूर्ण कार्यले गर्दा चिताएको कार्य छिट्टै पूरा हुनेछ।आयआर्जमा पनि राम्रो हुनुका साथै आफ्नो कार्यले सबैलाई प्रभावित पारिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते )

तुला राशि हुनेहरूका लागि आजको  दिन पेट सम्बन्धि समस्याले सताउनेछ।यात्रामा बाधाहरू आउन सक्ने भएकाले कतै हिँड्नु अघि सजग हुनुहोला।आधा दिनपछि भने मन प्रसन्न रहनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, वि. पु)

वृश्चिक राशि हुनेहरूका लागि आजको दिन परिवारमा सुख,शान्तिको माहोल छाउनेछ।यश,कीर्ति कमाउने समय रहेको छ।धार्मिक कार्यमा सरिक भइनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशि हुनेहरूका लागि आजको दिन शुभ रहेको छ।सरकारी संस्थाबाट मान सम्मान पाइनेछ।बन्धुबान्धवको सहयोग पाइनुका साथै आफ्नो बोलीले कार्य सम्पादन हुनेछ।

मकर (जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि हुनेहरूका लागि आजको दिन घरपरिवारना सुख,शान्ति ,सद्भाव बढेर आउनेछ ।माया प्रेममा पनि माहोल प्रेमिल बन्नेछ।शुभ सूचना पनि प्राप्त हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशि हुनेहरूका लागि आजको दिन  मन खिन्न हुनुका साथै स्वास्थ्यमा पनि गडबडी हुनेछ।जिद्दीपनले काम बिग्रन सक्ला सजग हुनुहोला।

मीन   (दि, दु, झ, ञ, दे, दो, च, चि)

मीन राशि हुनेहरूका लागि आजको दिन रमाइलो  यात्रा हुनेछ।रोकिएका कार्यहरू सञ्चालन हुनेछन्।प्रेमीको साथ समर्थन प्राप्त हुनेछ भने धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् ।

आदरणीय भक्तमनहरू तपाईँको राशिफल जे जस्तो भए पनि आजको दिन विष्णु भगवान्को स्मरण गरी दिनको सुरुवात गर्नुहोला।अवश्य राम्रो हुनेछ।

शास्त्री संयोग बस्याल
( परामर्शका लागि – sangambasyal427@gmail.com)

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा