आजको पञ्चाङ्ग,तपाईँको राशिफल

आजको  पञ्चाङ्ग

वि.सं. २०८० साल वैशाख २२ गते वैशाख शुक्ल पूर्णिमा तिथि शुक्रवार,
तदनुसार मे ०५, २०२३।

आज सूर्योदय विहान ५:२४ मिनेट जाँदा  हुनेछ भने सूर्यास्त साँझ ६:३९  मिनेट जाँदा हुनेछ।

पञ्चाङ्ग: सिद्धि विष्टि/भद्रा स्वाति , बुद्ध जयन्ती / उभौली पर्व / चण्डेश्वरी जात्रा/ चण्डी पूर्णिमा/कुर्म जयन्ती / गोरखनाथ जयन्ती/पूर्णिमा व्रत/बैसाख स्नान समाप्ति

राशिफल

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज यात्राको योग छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । मनले आँटेको कार्य पूर्ण हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आज नयाँ अवसर प्राप्त हुनेछ । अरूको मन जित्न सकिनेछ । काम गर्ने उत्साह र हौसला मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज सामान्य कार्यको लागि संघर्ष गर्नु पर्नेछ । स्वास्थ्यमा धन खर्च हुनेछ । सजक रहनुहोला।

कर्कट (हि. . है, हो, डा, डि, डू, डे, डो)

आज गरेको कार्यबाट उचित लाभ मिल्नेछ। साथीभाईबाट विशेष सहयोग प्राप्त हुनेछ । यात्राको योग रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज पारिवारिक सम्बन्ध अत्यन्त राम्रो हुनेछ । नजिकैका साथीभाई बाट सहयोग प्राप्त हुनेछ । ध्यान पुर्वक गरेको कार्यले पूर्णता पाउनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो )

आज रोकिएका कामले तीव्रता लिनेछ । पारिवारिक सद्भाव बढ्नेछ, लेनदेनको कार्यमा त्यति सजक रहनु उचित हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते )

आज प्राप्त भएको उपलब्धि पनि हातबाट फुत्किनेछ सजक रहनुहोला । बेलुका नजिकैका ब्याक्तिबाट खुसीको खबर सुन्ने मौका मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, वि. पु)

आज नयाँ योजना बन्नेछ । परिवारको सल्लाहमा गरिएको कार्यमा पूर्ण सफलता मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज पुरानो साथी संगको भेटले मन रमाउनेछ। धर्म कर्ममा मन लाग्नेछ । नयाँ अवसरप्राप्त हुनेछ।

मकर (जि, खि, खु, खे, खो, गा, गि)

आज कुनैपनि निर्णय विचार गरेर मात्र लिनु उचित होला । आर्थिक अभावको महसुस हुनेछ, तर केहि शुभ समाचारले मन प्रसन्न रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज अधुरा कार्यहरू पुरा हुनेछन् । महत्वपूर्ण कार्यको योजना बन्नेछ। यात्रामा पनि सफलता प्राप्त हुनेछ ।

मीन   (दि, दु, झ, ञ, दे, दो, च, चि)

आज नयाँ कार्यको थालनी हुनेछ । बोलीको प्रभावले नबिन कार्य बन्नेछ । धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ ।

आदरणीय भक्तमनहरू राशिफलमा जे जस्तो भए पनि तपाईंको दिन मङ्गलमय रहोस् ।

— शास्त्री संयोग बस्याल
( सम्पर्क गर्नु परेमा 9826157605 )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा