रुकुम,घटनालाई राजनीतिकरण गरिन लागेको र तथ्यलाई अन्ते मोड्न लागेको भन्दै उनीहरुले निष्पक्ष छानविनको माग राखेका छन् ।रुकुम घटनामा मिडियामा विभिन्न कुरा आइरहँदा अहिले नवराज विकका सबै परिवारले सो घटनामा निष्पक्ष छानविनको माग राखेका छन् ।
उनीहरुले युवती गर्भवती भएको फेरी दावी गरेका छन् । उनीहरुले ति युवती आफ्नो घरमा आउँदा युवतीले गरेको गतिविधिको बारेमा पनि केही कुरा बताएका छन् । नवराजका बहिनीहरुले आफुलाई पनि मैयाँ साहेव भन्दै सम्बोधन गर्ने गरेको पनि बताएका छन् ।बहिनीहरु र आमाले युवतीको स्वास्थ्य परिक्षण गर्न पनि माग गरेका छन् ।
उनीहरुले नवराजलाई युवतीले नै आफु गर्भवती छु छिटो लिन आउ भनेर बोलाएका कारण नवराज लिन गएको दावी गरेका छन् । उनीहरुले युवतीको भाई र भाउजुले दिएको सार्वजनिक अभिब्यक्तिको खण्डन गरेका छन् ।