शनिबारको मौसम: पश्चिमी वायुको सामान्य प्रभाव, पहाडी र हिमाली भेगमा आंशिक बदली रहने

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण आज शनिबार देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदलीको अवस्था रहनेछ । अन्य भू-भागमा भने घाम लाग्ने र मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च हिमाली भेगका एक-दुई स्थानमा मेघगर्जन वा हल्का हिमपातको सामान्य सम्भावना रहेको छ ।

रात्रिको समयमा पनि देशभरको मौसम सामान्यतया सफादेखि आंशिक बदली रहनेछ । तराईका केही जिल्लाहरू तथा उपत्यकाका नदी तटीय क्षेत्रहरूमा बिहानीपख हल्का हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले सडक तथा हवाई यातायातमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

पछिल्ला दिनहरूमा तापक्रम क्रमशः घट्दै गएकाले बिहान र बेलुकी चिसो बढ्न थालेको छ । चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन तथा मौसमी स्वास्थ्य सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन् ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा