३ जना आफ्नै साथीहरु मिलेर नुभिवलाइ यस्तो सम्म गरेको सीसीटीभी फुटेज फेलापर्यो

काठमाडौं । कलाकार भीमा मैनालीका छोरा नुभिव उप्रेतीको घटनामा सं’लग्न भएको अभियोगमा पक्राउ परेका तीन जनालाई अदालतले थुनामा पठाउने आदेश दिएको छ । कास्कीको पोखरा महानगरपालिका फेवातालस्थित बाराही मन्दिरसँगै नविभव मृ’त फेला परेका थिए । उनको तीन युवाले ज्या न लि एको खुलेको हो ।

सुरुमा प्रहरीले देहत्याग गरेको भन्दै परिवारलाई श’व जिम्मा लगाएको थियो । तर परिवारका सदस्यले घटना र’हस्यम भन्दै छानविनको माग राखेपछि घटनाको अनुसन्धान गर्दा घटना र’हस्यम भएको पुष्टि भयो । सीसीटीभी फुटेजको आधारमा उनको मृ’त्यु स्वभाविक देखिएन । उनलाई साथीहरुले नै कु.फित गरिएको सीसीटीभी फुटेजमा देखिएको थियो । सोही फुटेजको आधारमा ३ जना पक्राउ परेका हुन् ।

ललितपुरको खुमलटार घर भएका १८ वर्षीय नुभिव साथीले बोलाएर पोखरा पुगेका थिए । वैशाख ४ मा नुभिवको श’व भेटिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा वडा प्रहरी कार्यालय बैदामले घटना अनुसन्धान गरेको थियो । घटनामा सं’लग्न रहेको आ’रोपमा खोटाङ घर भई पोखरा बस्ने आशिष राई, स्याङ्जा घर भएका बिगेन गुरुङ र बासुदेव गुरुङलाई जिल्ला अदालत कास्कीले थुनामा पठाउन आदेश दिएको हो । नाबालिग भएका कारण आशिषलाई बाल सुधार गृहमा राखिएको छ । बिगेन र बासुदेव १९ वर्षका छन् ।

पोखराको घा’रीपाटन बस्दै आएका ३ जना मिलेर लेकसाइडको स्ट्रिट नम्बर–१३ मा हुनेगरी नुभिवलाई यसरि घटना घटाएको सीटीटीभी फुटेजमा देखिएको थियो । वडा प्रहरी कार्यालय बैदामले शुरुमा ‘देहत्याग गरेको’ भन्दै जाहेरी लिन अस्विकार गरेपछि मृत कका परिवार मान्न तयार थिएनन् ।

बुवा, आमालाई थाहा नदिइकन पोखरा गएका नुभिवले बोक्ने मोबाइल फेला परेको छैन । आमालाई ह्वाट्स एपमा गरेको भनिएको म्यासेजको डिटेल्स पनि प्रहरीले फेला पार्न सकेको छैन् । उनी पोखराको एक होटलमा बसेको र त्यहाँवाट साथीहरुले बोलाएर लगेर यो घटना घटाएको गरेको अनुसन्धानवाट खुलेको छ ।

छोराको मोवाइल अहिले पनि चालु अवस्थामा रहेका कारण प्रहरी अनुसन्धानमा कलाकार भीमाले आ’शंका गरेकी छन् । सो मोवाइल भने फेला परेको छैन । मोवाइल फेला परेपछि घटनाका थप कुराहरु पनि खुल्ने आशा परिवारको छ ।

जवान छोराको रहस्यमय निधनले आमा बिचलित भएकी छन् । बुवाले नै अघिल्लो दिन कलेज लिएर गएका थिए । आमा पनि कलेज पढाउने । सेण्ट जेभियरवाट इन्टर पढेर भर्खरै ब्याचलर पढ्न थालेका छोराको अचानक निधनको खबरले आमा बिचलित भएकी हुन् । छोरालाई गीतमा निकै रुची थियो, घरमा आमालाई पनि घरेलु काममा पनि निकै सघाउँथे, ब्यवसायको निकै राम्रो सुझाव दिने त्यस्तो सुझवुझ भएको छोराको अचानक निधनले परिवारलाई नै निकै चिन्तित बनाएको छ ।

तर उनको निधन हुनु अघि सम्म उनले निकै शंकास्पद गतिविधि गरेको आमाको भनाई छ । छोरालाई पक्कै केही डर थियो त्यसैले उसले मलाई मोवाइलमा सबै एकाउण्टको पासवर्डहरु मोवाइलमा पठाएको थियो, ताकी उसले मलाई सहयोग गरुन् भन्ने चाहन्थ्यो होला । म त्यो दिन किन त्यसरी निदाएँ आमाले दुख मनाउ गर्दै भनिन् ।

छोरा नै हाम्रो गार्जेन जस्तै थियो, विहान मलाई पानी तताएर खुवाएको थियो, उ लाइब्रेरीमा वुक किन्न जान्छु भनेको थियो आमाले भनिन्, अघिल्लो शुक्रवार नै बुवाले कलेज छोड्न जानुभएको थियो ।

उमेरले सानै भएपनि निकै सुझबुझ भएको आमाको भनाई छ । बुवाले कलेज छोडेको छोराको बारेमा अचानक पोखरावाट प्रहरीले मृत भेटियो भनेर खबर आएपछि छक्क परेको बताइन् । अहिले छोराको मोवाइल हराएको छ । सरी म अहिले म बोल्न सकिदन, म पोखरामा छु । मेरो मोवाइलको पासवर्ड यो हो, आइएमईको पासवर्ड पनि यो हो भनेर छोराले पासवर्ड मात्र पठाएको बताइन् ।

चिकित्सक भन्छन् “तन, मन थाक्यो भन्ने छुट छैन”

पोखरा ७ जेठ (रासस)ः कोरोना महामारीको दोस्रो भेरियन्ट देखापरेसँगै सङक्रमितको चाप बढेको छ । लक्षण सहित कोरोना पोजेटिभ देखिएकाहरूलाई फोक्सोमा असर गर्ने तथा निमोनिया हुनेजस्ता जटिलताले अघिल्लोभन्दा यस पटक अस्पतालमा भर्ना हुने बढ्दो छन् ।

अहिलेको जोखिममा ज्यानको पर्वाह नगरी अस्पतालमा दिनरात चिकित्सक, नर्ससहितका स्वास्थ्यकर्मी अहोरात्र खटिरहेका छन् । निरन्तर सेवामा खटिरहँदा कतिपय चिकित्सक, नर्स एवम् अन्यस्वास्थ्यकर्मी आफै पनि सङ्क्रमित हुन पुगेका छन् । नेगेटिभ रिर्पोट आएको भोलिपल्टै सेवामा खटिनुपर्दा पर्याप्त आराम गर्ने समय पनि यतिबेला चिकित्सक, नर्ससहितका स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूलाइ नभएको उनीहरू बताउँछन् ।

कन्सल्टेण्ड फिजिसियन डा. सरोज पोख्रेल भन्नुहुन्छ, “अहिलेको कठिन अवस्थामा तन, मनलाई थकान गर्न दिने छुट छैन । आँखा अगाडि बिरामीको छटपटाहट देख्दा भोक, प्यास र परिवारनै विर्सन्छौँ ।” डा. पोखरेल यो अवस्था सृजना हुनुमा स्वयम् मानिसनै दोषी भएको ठान्नुहुन्छ । “मानिस स्वयम्कै कारणले यो सब भैरहेको छ, सामान्य स्वास्थ्य मापदण्ड पनि नअपनाइँ हामी हिडिरहेका छौं । मानिसको आवागमन नरोकिएसम्म र स्वास्थ्य सतर्कता नअपनाएसम्म हामी सुरक्षित हुन सक्दैनौं”, उहाँले स्वास्थ्य सामान्य विषय नभएकाले विशेष सर्तकता अपनाएर आफू र आफन्तलाई जोगाउन सबैको सकारात्मक भूमिकाको खाँचो औल्याउनुभयो ।

सहप्राध्यापक एवम् वरिष्ठ फिजिसियन डा. सुवास भट्टराई अहिले डाक्टरहरू मानसिक र शारीरिक रूपमै निकै थकित भएर बिरामीको उपचारमा खटिरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले धेरै चिकित्सक एवम् स्वास्थ्यकर्मी जोखिम मोलेर सेवामा निरन्तर लागिरहनु भएको छ, कतिपय चिकित्सक जिम्मेवारी निभाउँदा आफै सङ्क्रमित हुन पुग्नु भएको छ ।” उहाँ थप्नुहुन्छ, “उपचारमा खटिरहँदा र उपचार गर्दैगर्दा बिरामीलाई बचाउन नसक्दा उनीहरूमा पनि मानसिक तनाव र नैराश्यता आउँछ नै तर पनि अहिलेको कठिन अवस्थामा थकित भएँ, गाह्रो भयो, आराम गर्छु भनेर कुनै चिकित्सक घरमा बस्नु भएको छैन ।”

उहाँले आफन्त परिवारबाट टाढा रहेर निरन्तर सेवामा खटिएकाले चिकित्सक एवम् स्वास्थ्यकर्मीको मनोबल कमजोर हुने खालका टिकाटिप्पणी सामाजिक सञ्जालहरूमा पोष्ट नगर्न पनि आग्रह गर्नुभयो ।

पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराका उपप्राध्यापक एवम कोभिड मेडिकल वार्डका डा. डेभिड श्रेष्ठ आफ्नोबारेमा भन्दा पनि बिरामीको स्वास्थ्यलाई प्राथमिकतामा राखेर निरन्तर सेवामा खटिएको बताउनुभयो । “हाम्रो पेशा मात्र होइन धर्म पनि हो, अहिलेको महामारी औषधिले मात्रै निको हुने खालको छैन, यस्तो अवस्थामा बिरामीलाई आवश्यक परामर्शसहित आत्मबल उच्च बनाउने हाम्रो पहिलो कर्तव्य हो”, डा श्रेष्ठ भन्नुहुन्छ । उहाँले बिरामीका समस्या बाहेक अहिले चिकित्सकलाई परिवार, आफन्त इष्टमित्रसँग हालखबर सोध्ने समय समेत खासै नभएको बताउनुभयो ।

पोखरा नयाँबजारस्थित गण्डकी मेडिकल कलेजका आवासीय चिकित्सक डा. विराज बराल शारीरिक र मानसिक रूपमा निकै थकित भएपनि कर्तव्य र जिम्मेवारीसँगै मानवीय सेवाको लागि निरन्तर खटेको बताउनुहुन्छ । “निरन्तर सङ्क्रमितको उपचारमा छौ, कतिलाई बचाउन सकिन्छ कतिलाई सकिदैन, बचाउन नसक्दा एकदम नरमाइलो लाग्छ, मृतकका आफन्तको अनुहारमा बगेको आँशुले हामीलाई पनि स्तब्ध बनाउँछ ।”

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक तथा कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले हाल पोखरामा आठ हजार हाराहारीमा सङ्क्रमित होम आइसोलेसनमा रहेको र करिब साढे तीनसयदेखि चारसय २५ जनाले अस्पतालमा उपचार गराइरहेको जानकारी दिनुभयो ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा