‘खेलमा उतारचढाव सामान्य हो, पहिलो हार दशा कटे जस्तै भयो’ : ईशान पाण्डे

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सका ब्याटर ईशान पाण्डेले क्रिकेटमा उतारचढाव र हारजित स्वाभाविक प्रक्रिया भएको बताएका छन्। पोखरा एभेन्जर्सविरुद्धको खेलपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रतियोगिताको पहिलो खेलमा व्यहोरेको पराजय ‘दशा कटे जस्तै’ भएको टिप्पणी गरे। पछिल्ला दुई सिजनदेखि खेलको अन्तिम चरणमा नतिजा उल्टिने क्रम देखिए पनि राम्रो खेल्दाखेल्दै कहिलेकाहीँ परिस्थिति आफ्नो पक्षमा नहुने उनको भनाइ थियो।

अघिल्लो खेलमा ब्याटिङ रणनीति र क्रममा केही नयाँ प्रयोग गरिएको स्पष्ट पार्दै पाण्डेले आरिफ शेखलाई माथिल्लो क्रममा पठाए पनि बलियो साझेदारी बन्न नसक्दा नतिजा प्रभावित भएको बताए। यसपटकको एनपीएलमा लागु गरिएको डिसिजन रिभ्यु सिस्टम (डीआरएस) लाई नेपाली क्रिकेट विकासको महत्वपूर्ण कोसेढुङ्गाका रूपमा व्याख्या गर्दै उनले सुरुवाती ओभरमै यसले निष्पक्ष निर्णय दिन ठूलो भूमिका खेलेको उल्लेख गरे।

सुदूरपश्चिमको टोलीमा बायाँ हाते स्पिनर अनिल खरेलको आगमनले बलिङ आक्रमण थप मजबुत बनेको पाण्डेको दाबी छ। अस्ट्रेलियामा उत्कृष्ट प्रदर्शन गरिरहेका अनिलको उपस्थितिले टिमको मनोबल उच्च बनाएको बताउँदै उनले ब्याटिङमा दबाब भए पनि हतार नगरी क्रिजमा टिकेर साझेदारी बनाउँदै अघि बढ्नु नै जितको मुख्य आधार भएको बताए।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा