भारतीय मूलकी प्रेमिका संग विवाह गर्दै अष्ट्रेलियाका खेलाडी म्याक्सवेलले

अष्ट्रेलियाका चर्चित ब्याट्सम्यान तथा अलराउन्डर ग्लेन म्याक्सवेलले विवाह गर्दैछन् ।म्याक्सवेल र रमनबीच इन्गेजमेन्ट पनि भएको छ । दुबैजनाबीच अघिल्लो महिना भारतीय रीति-रिवाज अनुसार क्रिश्चियन परम्परामा इन्गेजमेन्ट भएको थियो ।

भिनीले भारतीय परम्परा अनुसार म्याक्सवेलसँग इन्गेजमेन्टको फोटो इन्टाग्राममा शेयर गरेकी छन् । उक्त फोटोमा म्याक्सवेलले कुर्ता पैजामा लगाएको र भिनीले कालो रङ्गको लहंगा लगाएको देख्न सकिन्छ ।

म्याक्सवेल र भिनीबीच केही समयदेखि डेटिङ भइरहेको थियो ।अष्ट्रेलियाको मेलबर्नमा बस्दै आएकी भिनी फार्मासिस्ट हुन् । दुबैजनाले फेब्रुअरीमा आफूहरू सम्बन्धमा रहेको बताएका थिए । त्यतिबेला म्याक्सवेलले आफूहरूबीच सगाइ भएको र केही समयमा नै विवाह बन्धनमा बाँधिने बताएका थिए ।

‘हिजो राति मैले भारतीय रीति-रिवाज अनुसार ग्लेन म्याक्सवेलसँग इन्गेजमेन्ट गरेँ’, भिनीले लेखेकी छन्, ‘र विवाह कसरी हुन्छ भनेर म्याक्सवेललाई बताए ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा