शहीद स्मारक ए डिभिजन लिगको ‘टेक्निकल ह्यान्ड बुक’ पहिलोपटक सार्वजनिक

काठमाडौं – अखिल नेपाल फुटबल संघ(एन्फा) ले पहिलो पटक शहीद स्मारक ए डिभिजन लिगको ‘टेक्निकल ह्यान्ड बुक’ सार्वजनिक गरेको छ ।

शुक्रबार पत्रकार सम्मेन गरि राखेप सदय सचिव रमेश सिलवाल र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले हस्ताक्षर गर्दै उक्त ह्यान्ड बुक सार्वजनिक गरेका हुन् ।

उक्त पुस्तकमा गत फागुनमा सम्पन्न लिगका क्लबको इतिहास, मेडिकल रिर्पोट, खेलाडी खेलेको खेल, गरेको गोल लगायतको तथ्याङ्क समेटिएको छ ।

लिग समिति संयोजक विज्ञान राज शर्माले पहिलो पटक तथ्याङ्क बनाउने क्रममा धेरै कुराहरुमा मेहनत गर्नु परेको बताए ।

‘हामीले पहिलो पटक अभ्यास गरेका छौं । यसमा सबै कुरा ठिक छ भन्ने छैन कमी कमजोरी हुन सक्छ । त्यसलाई आगामि दिनमा सुधार्दै अगाडि बढ्ने छौ,’ शर्माले भने ।

एन्फा अध्यक्ष शेर्पाले पहिलो पटक ह्यान्ड बुक प्रकाशन गरेको भन्दै खुसी व्यक्त गरे । त्यतिमात्रै होइन शर्माले दक्षिण एसियामै टेक्निकल ह्यान्ड बुक सार्वजनिक गर्ने एन्फा पहिलो भएको समेत दाबी गरे ।

ह्यान्ड बुक सार्वजनिक कार्यक्रममा उपस्थित राखेप सदस्य सचिव सिलवालले ह्यान्डबुका लागि धन्यवाद भन्दै एन्फाले अझै लिगलाई व्यवस्थित गर्नु पर्ने सुझाव दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा