आत्मघाती गोलमा चेल्सीको पाँचौँ हार

काठमाडौँ – ईग्लिस प्रिमियर लिगको जारी खेलमा चेल्सी पराजित हुन पुगेको छ।

घरेलु मैदानमा नै चेल्सी ब्रेन्टफर्डसँग २–० ले पराजित हुन पुगेको हो। चेल्सीको यो लगातार पाँचौं हार हो।

स्टामफोर्ड ब्रिजमा बुधवार राती भएको भएको खेलको ३७औं मिनेटमा चेल्सीका कप्तान सिजर एज्पिलिक्वेटाको आत्मघाती गोल गरेर टोलीलाई पछि पारेका थिए। अन्ततः कतैवाट पनि थप गोल हुन नसके पछि खेल पहिलो हाफमा १–० मा नै टुंगियो।

दुबै टोली एक अर्काको पोष्टमा गोल हान्नका लागि दबाब बढाए पनि सफल हुन सकेनन् तर, खेलको ७८औं मिनेटमा ब्रेन्टफर्डका ब्रायनले गोल थप गरे पछि खेल अन्तत २–० मा टुंगियो।

यस पराजयसँगै चेल्सी ३२ खेलबाट ३९ अंक जोडेर ११औं स्थानमा छ भने ब्रेन्टफर्ड ३३ खेलबाट ४७ अंक जोडेर नवौं स्थानमा उक्लिन पुगेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा