उपनिर्वाचन २०८० प्रवृत्ति, आचरण र आँकलन

उपनिर्वाचन २०८०

प्रवृत्ति, आचरण र आँकलन

दुईदिन अगाडि मात्र उपनिर्वाचन २०८०  सम्पन्न भएर परिणाम घोषणा भएको छ । सो  परिणामले नेपालको राजनीतिक परिप्रेक्ष्यको परिदृष्टि दर्शाएकोछ । जुन अप्रत्यासित भएको भान भएको  छ ।

प्रवृत्तिको हिसाबले मतदाताहरूको मनोभावना हेर्दा कहिलेकाहीँ अनपेक्षित खालको परिणाम देखिएको छ । वि.सं २०३८  सालमा काठमाडौंमा मतदाताले अत्यधिक मतले नानी मैया दाहाललाई रा.प.स.मा निर्वाचित गरे तर वि.सं  २०४३ सालमा  नानी मैयाको धरौटी पनि फिर्ता भएन । वि.सं  २०४८ सालमा काङ्ग्रेस पार्टीले संसदमा बहुमत प्राप्त  गर्र्यो २०५२ को निर्वाचंमा दोस्रो पार्टी बन्यो ।

वि.सं  २०६४ सालको आम निर्वाचनमा ने.क.पा. माओवादीले २४० मध्ये १२० सिट एक्लैले  जित्यो । वि.सं.२०७० मा आउँदा आधा पनि कायम राख्न सकेन । वि.सं  २०७४ मा ने.क.,पा.ले १७२ सिट जित्यो तर वि.सं  २०७७ मा पार्टी  फुटेपछि वि.सं  २०७९ सालमा  त्यो मत छिन्नभिन्न हुन् पुग्यो ।

यसरी बहुदलीय प्रतिस्पर्धामा जनमत हेर्दा नेपाली मतादाताको मत विचलित हुँदै आइरहेको छ  भने कुनै पनि पार्टी विचार र सिद्धान्तमा भन्दा बढी विचलित प्रवृत्तिमा  देखा परेका छन् । गत वर्ष वि.सं  २०७९ सालमा  भने  पहिलोपटक राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको राजनीति  फाँटमा देखा पर्र्यो ।

फलत :  नयाँ गठन भएको रा.स्व.पा.  ले जनताको माया भने राम्रो पाएको थियो र हालको उपनिर्वाचनमा पनि जनताले अत्युग्र माया गरे तर  प्रवृत्तिका हिसाबले टिकाउ हुने र परिणाम देखाउने खालको कुरामा भने शंका यथावत् छ ।


 समय,परिवेश,पार्टी,व्यक्ति,

सन्दर्भ र मुद्दा फरक 

भएता पनि मतदाताको

प्रवृत्ति भने उस्तै देखिन्छ ।


राजनीतिक आचरण पार्टीहरूमा स्खलित हुँदै गएकाले प्रजातन्त्रवादी र कम्युनिष्ट पार्टीहरूको अवस्था पनि जनमतले स्खालितनै गराएको हो वा  जनताको विश्वास जित्न नसकेको हो भन्ने कुरा भने अनुत्तरितनै  छ ।

बेला बेलामा मतदाताले उठाउने गरेका विषयहरू  पनि भनाइ र गराइमा एकरूपता देखिएन । भनाइ थियो ; उमेदवार   योग्य,ज्ञान भएको युवा, पार्टीका नीति, सिद्धान्त र विचारमा अग्रसर हुनुपर्ने , देशभक्ति,  विकास र जनहिताका लागि काम गर्ने,राष्ट्रियताको नाममा मरिमेट्ने ,बेरोजगारीताको अन्त्य गर्ने, समावेशी मुलुकको स्थापना गर्ने आदि थियो तर यो उपनिर्वाचनले त्यो पनि मानेन ,भोज र मोजको पनि वास्ता गरेन  केवल पूर्वाग्राही नारा दियो र  व्यक्ति अनि निर्वाचन चिह्नमात्र घोकीरह्यो रटी रह्यो।

तथापि  समय,परिवेश,पार्टी,व्यक्ति,सन्दर्भ र मुद्दा फरक भएता पनि मतदाताको प्रवृत्ति भने उस्तै देखिन्छ । एक्लै मैदानमा आएको पाटीको त के कुरा १० वटा पार्टी मिलेको गठवन्धनले समेत बल्ल बल्ल आफ्नो जमानत जोगाउन सक्यो त्यस किसिमको परिणाम तनहुँ र चितवनका मतदाताले देखाइदिए ।

अब यो मध्यवधि निर्वाचनलाई कसरी आँकलन गर्ने नेपाली मतदाताले पुराना पार्टी र तिनका नेताहरूको विकल्प काङ्ग्रेस कम्युनिष्ट ,रा.प्र.पा. आदिको भन्दा फरक विकल्प आन्दोलन र संघर्षबाट उदाएका शक्तिको विकल्प राष्ट्रिय स्वाभिमान, राष्ट्रप्रेम,मुलुक रक्षाको विकल्प रोजगारी र उद्योग धन्दा खोली देश समृद्ध गर्ने विकल्प वा   नयाँविधि पद्धति सिद्धान्त खोजेको हो कि रह(दह ) मा ढुंगा फालेर पानी छचल्किएझैँ नेपालको राजनीति धमिल्याएको भन्ने पनि बहस हुन सक्छ ।

 

प्रचार प्रसार, मिथ्या प्रोपोगाण्डा, रिस, डाह आदिले काम गरिरहेको पो  छ कि वा देशी विदेशी चलखेलमा नेपाललाई अस्थिरतामा धकेल्दै स्वार्थपूर्ति गर्न एजेन्टको प्रवेष गराएको छ कि भन्ने पनि बहस हुन सक्छ ।


संविधान र मुलुकनै सङ्कटमा पर्ने

खतराको सङ्केत हुनसक्छ,

त्यसैले नेपालको पनि सिक्किमको जस्तो

खतरनाक अवस्था आउनबाट रोक्न

सचेत हुने बेला आएको छ


यदि ” समृद्ध नेपाल सुखी नेपाली”को नारालाई साकार पार्न देश विकासको खाका कोर्ने रोजगारी सृजना गर्न वस्तुको आयात कम र-निर्यातमा  वृद्धि गर्न उत्पादनमा जोड दिने, शिक्षा स्वास्थ्य लगायतका जनसरोकारका विषयमा गम्भीर बन्दै राष्ट्रिय स्वाभिमानको रक्षा र संविधानको पालना गर्दै अगाडि बढ्न नसके यो नयाँ परिवेश पनि हावा हुरीमा परिणत भै नेपाली मतदाताको प्रवृत्ति स्वाभाविकरूपमा पुरानै लयमा  फर्कन सक्छ ।

अचम्मको कुरा के छ भने चितवनमा १० दलीय गठवन्धनका पार्टी सदस्यले  पनि आफ्नो उम्मेदवारको पक्षमा मतदान गरेनन् त्यस्तै एमालेको पनि अवस्था देखिएकोले नेपालको वर्तमान राजनिती , संविधान र मुलुकनै सङ्कटमा पर्ने खतराको सङ्केत हुनसक्छ, त्यसैले नेपालको पनि सिक्किमको जस्तो खतरनाक अवस्था आउनबाट रोक्न सचेत हुने बेला आएको छ

— देवी प्रसाद बस्याल

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा