कमेडियन मिश्राले डा. सिंहको चरित्रहत्या गरे : चिकित्सक संघ

काठमाडौँ– नेपाल चिकित्सक संघले कमेडियन आदर्श मिश्राले नारायणी अस्प्तालमा कार्यरत डा. निरज सिंहको गाली गलौज तथा चिकित्सकको चरित्रहत्या गरेको जनाएको छ ।

शुक्रबार एक विज्ञप्तिमार्फत संघले डा. सिंहको सामाजिक सञ्जालमार्फत गाली गलौज र सार्वजनिक बेइज्जत गरेकाले सो कार्य गर्ने मिश्रालाई कानूनी दायरामा ल्याई कारबाही गर्न माग गरेको हो ।

संघले महामारीका बेला आफ्नो ज्यान जोखिममा राखी बिरामीको सेवामा समर्पित स्वास्थ्यकर्मीलाई सार्वजनिक सञ्जालमा चरित्रहत्या नगर्न ध्यानाकर्षण गराएको छ।

यसअघि सातामा दुईपल्ट डायलासिस गर्नुपर्ने बिरामीलाई यो वर्ष नारायणी अस्पतालले डायलासिसको समय घटाएकाले आफ्ना पिता विनोद मिश्राको मृत्यु भएको आरोप आदर्शले लगाएका थिए। उनको पिताको मंगलबार निधन भएको हो।

चिकित्सक संघले भने आदर्शका पिता जेठ १० गते डायलाइसिस गरी सकुशल घर गएको र रातमा ज्वरो आई उपचारको क्रममा जेठ १२ गते मृत्यु भएको जनाएको छ । साथै संघले उनको नाम जोडी गलत सूचना र खबर सम्प्रेषण नगर्न समेत आग्रह गरेको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा