जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार सोमबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९६ हजार नयाँ संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा विश्वभर २ हजार ८२६ जनाको ज्यान गएको छ ।प्राप्त समाचार अनुसार विश्वभर करिब ५३ हजार २११ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २७ लाख ९९ हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।
संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ६१७ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९९ हजार ३०० पुगेको छ ।युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३६ हजार ७९३ को कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।
त्यस्तै दक्षिण एसियाली मुलुकहरु भारतमा ४,०२४, पाकिस्तानमा १,१६७, बंगलादेशमा ४८०, अफगानिस्तानमा २१८, श्रीलंकामा ९, माल्दिभ्समा ४, नेपालमा ४, भुटानमा अहिलेसम्म कस्सैको निधन भएको छैन ।इटालीमा ३२,७८५, स्पेनमा २८,७५२, फ्रान्समा २८,३६७, ब्राजिलमा २२,७४६, बेल्जियममा ९,२८०, जर्मनीमा ८,३७१, इरानमा ७,४१७, मेक्सिकोमा ७,३९४, क्यानेडामा ६,४२४. नेदरल्यान्ड्समा ५,८२२ को निधन भएको छ ।