आजको पञ्चाङ्ग,तपाईँको राशिफल

आजको  पञ्चाङ्ग

वि.सं. २०८० साल ज्येष्ठकृष्ण अपरा एकदशी तिथि,१ गते सोमबार,
तदनुसार मे १५,२०२३ ।
आज विहान ०५:१७ मिनेट जाँदा  सूर्योदय  हुनेछ भने साँझ  ०६:४५ मिनेट जाँदा सूर्यास्त हुनेछ।
आज  बव नामको करण रहेको छ भने पूर्वभाद्रा नाम गरेको नक्षत्र रहेको छ।
त्यसैगरी मुसल नाम गरेको योग रहेको छ ।
त्यस्तै मीन राशिमा चन्द्रमा रहनेछन्।

राशिफल

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि हुनेहरूका लागि आजको दिन नजिकको मान्छेबाट दोषारोपण आउन सक्नेछ।केही नयाँ कार्यको शुभारम्भ हुन सक्नेछ तर चोटपटकको भने भय छ सजग हुनुहोला।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि हुनेहरूका लागि आजको दिन मन धार्मिक कार्यमा अग्रसर हुनेछ।नयाँ अतिथिसँग भेटघाट हुनेछ।राम्रा अवसरहरूले पछ्याउने छन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि हुनेहरूका लागि आजको दिन पारिवारिक रमाइलोमा सरिक भइनेछ।मनोरञ्जनमा सहभागी भइनेछ।पूजा आदि कार्यमा मन लाग्नेछ भने धनागमको पनि योग रहेको छ ।

कर्कट (हि. . है, हो, डा, डि, डू, डे, डो)

कर्कट राशि हुनेहरूका लागि  आजको दिन साहित्य र संगीतको क्षेत्रमा मन जानेछ।सामाजिक तथा राजनितिक कार्यमा शुभलाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि हुनेहरूका लागि आजको दिन विचार पुर्याएर नबोल्नाले प्रेममा झैझगडा हुन सक्नेछ ।भइरहेका कामहरूमा ढिलासुस्ती हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो )

कन्या राशि हुनेहरूका लागि आजको दिन व्यापार व्यवसायमा आय-आर्जन राम्रै हुनेछ।नयाँ तथा शुभ कार्यको चर्चा बढ्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते )

तुला राशि हुनेहरूका लागि आजको दिन सामाजिक कार्यमा सरिक भइनेछ।सही समयमा सही निर्णय लिनाले आटेको कार्य पूर्ण हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, वि. पु)

वृश्चिक राशि हुनेहरूका लागि आजको दिन शिक्षामा स्तरोन्नति होला।धार्मिल तथा सामाजिक कार्यमा मन लाग्नेछ।नयाँ महत्त्वपूर्ण कार्यको शुभरम्भ पनि हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशि हुनेहरूका लागि आजको दिन स्वास्थ्यमा गडबडी हुन सक्ने भएकाले सजग हुनुहोला।दिन मध्यम खालको रहेछ तर साँझसम्म सम्म कुनै शुभ समाचार सुन्न पाइनाले मन प्रसन्न हुनेछ ।

मकर (जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि हुनेहरूका लागि आजको दिन धार्मिक कार्यमा सरिक भइनुका साथै  नयाँ कार्ययोजनाहरू बनाउन सकिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशि हुनेहरूका लागि आजको दिन साथीभाइसँग रमाइलोमा सहभागी भइनेछ ।मिष्ठान्नको योग रहेको छ भने परिश्रम गरे राम्रै फल पनि पाइनेछ।

मीन   (दि, दु, झ, ञ, दे, दो, च, चि)

मीन राशि हुनेहरूका लागि आजको दिन आर्थिक कार्यमा लाभ मिल्नेछ।महिला मित्रहरूबाट साथ,सहयोग पाइनेछ भने  धनार्जजनका नयाँ श्रोतहरू खुल्नेछन्।

आदरणीय भक्तमनहरू तपाईँको राशिफल जे जस्तो भए पनि आजको विष्ण भगवानको   आराधना गरी दिनको सुरुवात गर्नुहोला।अवश्य राम्रो हुनेछ।

शास्त्री संयोग बस्याल
( पराममर्शका लागि –  9826157605 )

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा