आज प्रधानमन्त्री दाहाललाई सोध्न २० सांसदको लिखित प्रश्न

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा बिहीबार सांसदहरूका १५ प्रश्न सामना गर्दै छन् । पूर्वमाओवादी लडाकुको खर्च, वाइडबडी विमान, ललिता निवासदेखि भुटानी शरणार्थी प्रकरणसम्मका विषयमा सांसदहरूले प्रधानमन्त्री दाहाललाई प्रश्न गर्न लागेका हुन् ।

प्रधानमन्त्री दाहाललाई सोध्न २० सांसदले लिखित प्रश्न मंगलबार नै संसद् सचिवालयमा बुझाइसकेका थिए । प्रतिनिधिसभा नियमावलीको नियम ५६ (५) मा एक दिनको बैठकमा बढीमा १५ जनाले मात्र प्रश्न गर्न मिल्ने व्यवस्था छ । त्यहीअनुसार १५ सांसदले मात्र बिहीबार दाहालसँग प्रश्न गर्ने मौका पाउनेछन् । संसद् सचिवालयले सांसदबाट प्राप्त प्रश्न तयारीका लागि मंगलबार नै प्रधानमन्त्री कार्यालयमा पठाइसकेको छ ।

 

संसद् सचिवालयका अनुसार कांग्रेस र एमालेबाट ३/३ जनाले प्रश्न गर्न पाउनेछन् । माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, एकीकृत समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति पार्टीका १/१ जनाले प्रश्न गर्नेछन् । एक सांसद रहेका राष्ट्रिय जनमोर्चा, नेमकिपा, आम जनता पार्टी र दुई स्वतन्त्र सांसदमध्येबाट १ जनाले बोल्नुपर्ने सचिवालयको प्रस्ताव छ । एक सांसद रहेका दल र स्वतन्त्रमध्ये कसले प्रश्न गर्ने भन्ने टुंगो लागेको छैन । ‘पाँच जनाको नाम आएको छ, सबैले बोल्न पाउनुपर्ने उनीहरूको माग छ । गोला तान्ने कि भन्दा पनि सहमति जुट्न सकेको छैन,’ सचिवालयका एक अधिकारीले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा