९ दिन बितिसक्दा पनि बिनु यादवको मागका बारेमा सरकारले कुनै वास्ता गरेन

काठमाडौँ – माइतीघर मण्डलामा अनसन बसेको ९ दिन बितिसक्दा पनि बिनु यादवको मागका बारेमा सरकारले कुनै वास्ता गरेको छैन ।प्रहरीले पालसमेत टाँग्न नदिए पछि खुल्ला आकाशमा अनसनरत बिनुले भनिन्, ‘आज सत्याग्रहको नवौँ दिन न्याय नलिई  यहाँबाट नउठ्ने निर्णय गरेँ ।’

 

 

गत २७ वैशाखदेखि खुल्ला आकाशमा रातदिन अनसन बसिरहेकी उनी हावाहुरीसँगै भीषण वर्षा भएपछि भने नजिकैको रेस्टुरेन्टमा ओत लाग्ने गरेको पीडा सुनाउँछिन् ।

उनको मागका बारेमा गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत र काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भेटघाट गरेर गए पनि कुनै खबर नगरेको उनको भनाइ छ । ‘गृह मन्त्रालयका प्रवक्ता र काठमाडौँका सिडिओ साहेब आएर भेटघाट गरेर जानकारी लिनु भयो, तपाईँको माग सम्बोधन गर्छु भनेर जानु भएको थियो तर अहिलेसम्म कुनै पनि माग सम्बोधन गर्नुभएको छैन ।’ आफ्नो माग सम्बोधन नभएसम्म अनसन नतोड्ने उनले चेतावनी दिइन् ।

२०७५ सालमा आफूमाथि जर्बजस्ती करणी भएको र सो उजुरी फिर्ता गर्न लगाउने डिएसपी सुरज कार्की, आफ्नो इच्छा विपरीत सम्बन्धबिच्छेद गराउने न्यायाधीश बद्रीप्रसाद ओली, आफूमाथि पटक-पटक बलात्कारको प्रयास गर्ने काकाससुरा पवन कठायत र पहिला बलात्कार गरेर विवाहको नाटक गरी सबन्ध विच्छेद गर्ने प्रदीप कठायतलाई कारबाही गर्नुपर्नेसहित ५ बुँदे माग राखेर उनी अनसनरतमा बसेकी हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा